२०८२ बैशाख १९
                           

मृतक सञ्चारकर्मी रजकप्रति श्रद्धान्जली, सञ्चारगृहमा भएको आक्रमणको विरोध

सिन्धुपल्चोक -राजावादीहरुले गरेको आगजनिबाट मृत्यु भएका सञ्चारकर्मी सुरेश रजकप्रति नेपाल पत्रकार महासंघ सिन्धुपल्चोक शाखाले पनि श्रद्धान्जली अर्पण गरेको छ । मृतक रजकको तस्बिरमा अविर र पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सहकर्मीको मृत्यु र सञ्चारमाध्यमाथि भएको तोडफोड घट्नाको बिरोध गर्दै उनिहरुले टाउको र हातमा कालोपट्टी बाँधेका थिए ।
शाखाका अध्यक्ष दंगालले मृत्युको घटना स्वभाबिक नभएको भन्दै खेद प्रकट गर्दै घट्नाको भत्सर्ना गरे । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार र सम्बद्ध पक्षसँग माग गरे । उनले यो गणतन्त्र आम नागरिक समाज र गणतन्त्रवादीहरूले लडेर ल्याएको स्मरण गर्दै गणतन्त्रलाई कुनै पक्षबाट धावा बोलिन्छ भने त्यो सही नहुने जिकिर गरे । नागरिक र प्रेस स्वतन्त्रता माथि भएको हस्तछेप बन्द गर्न राजावादीहरूलाई चेतावनी दिएका छन् ।

नेपाल पत्रकार महासंघले देशभरिबाट उक्त घट्नाको बिरोध जनाउदै चैत्र २० गते सम्मको कार्यक्रम सार्वजनिक गरेको छ गरेको छ । जसमा कार्यस्थलमा कालोपट्टी बाँध्ने, प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत रहेको छ।

प्रतिक्रिया दिनुहोस्