चौतारा । सिन्धुपाल्चोकको चौतारामा गरिएको निःशुल्क स्वास्थ्य शिबिरबाट ४ सय १९ जनाले सेवा पाएका छन् । शिबिरमा वालवालिकादेखी बृद्धबृद्धाहरुले समेत सेवा लिएका छन् ।
चौतारा साँगाचोकगढी नगरिालिकासंग समन्वय गरि पशुपति हेमियोप्याथिक चिकित्सालय हरिहरभवन ललितपुरले उक्त सेवा उपलब्ध गराएको हो । शिबिरमा सहभागिहरुको स्वास्थ्य अवस्थाको जाँच गरिनुकासाथै निस्शुल्क औषधी बितरण गरिएको थियो ।
चौतारा आधारभुत स्वास्थ केन्द्रमा शनिबार बिहान ९ वजेबाट प्रारम्भ गरिएको शिबिरको उदघाटन चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाले गरेकी हुन् । शिबिरको औपचारिक कार्यक्रम पशुपति हेमियोप्याथिकका डाक्टर रामकुमार अधिकारीको अध्यक्षतामा भएको थियो ।
विभिन्न प्रकारको सेवामा चौतारा र चौतारा आसपासका ३ सय १ जना महिला र १ सय १८ जना पुरुष गरि ४ सय १९ जनाले शिबिरवाट सेवा लिएको चौतारा साँगाचोकगढी नगर स्वास्थ शाखा प्रमुख शिव पुरीले जानकारी गराए ।
उनले दिएको जानकारी अनुसार नगरपालिकामा सम्भाव्य फाउन्डेसनको आयोजनामा आइतबार निशुल्क मानसिक स्वास्थ शिबिर पनि आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्