सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाले जंगल तथा सार्वजनिक स्थानमा डडेलो लगाउने कार्यमा सम्लग्न हुने व्यक्तिको खोजि गरि कारवाही गर्ने भएको छ । सोमबार नगरपालिकाले वन डडेलो नियन्त्रण सम्वन्धित सामुदायिक वनका उपभोक्ता समितिका पदाधिकारीहरुको एक दिवसीय अभिमुखीकरण गरिएको थियो ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाले वन उपभोक्ता समितिलाई नगरपालिकाले कृषि समुह सरह मान्यता दिइएको बताए । वन विकास तथा आयआर्जनमा सहयोग पुर्याउने कार्यक्रम अघि सारेको सापकोटाको भनाई थियो।
प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ सापकोटाले विभिन्न बहानामा जंगलमा आगलागी गराउनु दण्डनीय अपराध भन्दै दोषिलाई कार्हबाहिमा ल्याउनुपर्ने बताए । वन उपभोक्ता समिति स्वयत्त संस्था भएपनि वन नियम र कानूनको अधिनमा रहेरकार्य गर्न आग्रह गरे ।
जिल्ला डिभिजनल वन अधिकृत मदन कंडेलले सामुदायिक वन उपभोक्ता समितिले समयमानै साधारण सभा गर्न,वन कार्ययोजना नविकरण गर्न, बैंक खाताबाट मात्रै कारोवार गर्न सुझाव दिए ।
वनमा डढेलो लगाउने लाइ २० हजार देखि ५० हजार सम्म जरिवाना र २ वर्ष देखि ५ वर्ष सम्म कैद सजाय हुने व्यवस्था छ ।यस नगरपालिकामा ९६ वटा सामुदायिक वन उपभोक्ता समिति रहेका छन्।
प्रतिक्रिया दिनुहोस्