२०८२ असार २
                           

जिल्ला स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता हुने

सिन्धुपाल्चोकमा । जिल्ला स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको हिजो बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष रामकृष्ण दंगालले बताए ।

दंगालका अनुसार  समितिको आयोजनामा  २०८१ फागुन १८, १९ र २० गते ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड हुनेछ । प्रतियोगिता चौतारा टुडिखेलमा हुनेछ ।

उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला स्थित १२ स्थानिय तहका विद्यार्थी खेलाडिहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्