सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिको गरिमा उठाउन नगरवासीले अपील गरेका छन् । नगरपालिकाको गत आर्थिक वर्ष ०८०/८१ के सार्वजनिक सुनुवाई कार्यक्रममा मंगलवार नगरवासीले आफ्ना सवालहरु राखेका हुन् । कार्यक्रममा शिक्षा, जलविद्युत, कृषि, सडक, स्थानीय भूगोलमा विकास आयोजना अनुगमनमा भएको ढिलाई, सामाजिक विकासका सवाल, स्थानीय सरकारको नीति, कार्यक्रम र वजेटको तालमेल, समग्रमा नगरको प्रतिष्ठा वारे जिज्ञासा उठेको थियो ।
बाह्रविसे नगरपालिका बालकृष्ण बस्नेतले सार्वजनिक सुनुर्वाइ कार्यक्रममा वोल्दै अंगेरीपाखामा पालिका स्तरीय खेलमैदान निर्माण, स्वीमिङपूल, हेलीप्याड, भ्यूटावर, पाहुना घर, सार्वजनिक शौचालय सहितको संरचना निर्माण भै रहेको जानकारि दिनुभयो ।
जलविद्युत आयोजनाबाट ६ करोड नगरको खातामा जम्मा भएको र वडा नं ३ , ४ को विकासको लागि १ करोड सहित ११ करोड प्राप्त हुने सहमती भएको साथै जनअपेक्षा अनुसार काम गर्न बजेट अपुग भएको भएपनि नगर अस्पताल संचालनको तयारी रहेको बताउनुभयो ।
नगर प्रमुख बस्नेतले शव वहान संचालन तत्काल हुने , गोरु प्रवद्र्धन र वीमा कार्यक्रम कृषकमैत्री भएको, नगरपालिकाले ६० वटा ब्यक्तिगत आवास निर्माण भएको दावी गर्नुभयो ।
फरब स्थानीय तहमा गरिएको सहयोग वारे जवाफ दिँदै आफ्नो सेवा सुविधाबाट कार्यक्रमहरुमा सहयोग गरेको, आफूले नसकेको सहयोग नगरपालिकाबाट गरेको बताउनुभयो ।
‘यो सरकार हो सरकारले सहयोग गर्न पाँउछ । कार्यपालिकाबाट सर्वसहमत प्रस्ताव पास भई सहयोग गरिएको हो ।’– बस्नेतको भनाई छ ।
सार्वजनिक सुनुवाईमा नगरवासीलाई जानकारि पर्याप्त नभएको, नगरपालिका वडा नंम्वर ४ को अंगेरीपाखामा राज्यको अधिक स्रोत लगानी भएको र त्यसको लाभ र प्रतिफल नदेखिएको, पून ७५ लाख वजेट उक्त स्थानमा छुट्याईएको प्रति बाह्रविसे ९ का राजकुमार सुवेदीले गुनासो ब्यक्त गर्नुभयो ।
सार्वजनिक सूनुवाई कर्मचारी र जनप्रतिनिधि वीचको जस्तो मात्र भएको, नागरिकको वीचमा नभएको, दहत्तर बहत्तरको ठेक्का नलाग्दै नदीजन्य सामाग्री निकाल्ने क्रम जारी रहेको बाह्रविसेमा अस्पताल संचालनमा जलविद्युत आयोजनाबाट दश करोड वजेट तय भएको र उक्त वजेट कार्यान्वयन वारे नेकपा एमाले बाह्रविसे नगर प्रमुख ज्ञानेन्द्र राउतले जिज्ञासा राख्नुभयो । त्यस्तै राउतले अल्पसंख्यक, महिला, अपाङ्ग, जनजाती चमेली थामीलाई रोजगारीबाट विमुख गराईएको, एउटा राजनीतिक पार्टी मार्फत गरिएको सहयोग नगरबाट भूक्तानी गरिएको, ह्ेल्थ डेक्स संचालनको प्रभावकारिता, जनजीवन उकास्न कार्यक्रम, उपभोक्ता समितिमा अनुवन्धित गराउने लालशामा पार्टी प्रवेश गराउने प्रवृत्ति,
कृषि एम्मुलेन्स, कृषि संकलन केन्द्र वारे प्रश्न गर्नुभयो ।
सवालको जवाफ दिँदै वडानंम्वर ५ का अध्यक्ष श्याम लामाले वडा कार्यालय निर्माण सम्पन्न गर्ने वजेट सुनिश्चितता भए वडा कार्यालयबाट सेवा प्रवाह आतुर रहेको बताउनुभयो । त्यस्तै बाह्रविसे ८ का केशव तामाङले स्थानीय सरकार वजार केन्द्रीत हुँदा नागरिकहरुले दुःख पाएका, बजार अनुगमन नभएको, बाह्रविसे ८ गोले टोलमा खानेपानीको समस्या समाधान नभएको वारे जिज्ञासा राख्नुभयो ।
वडा नं ८ का अध्यक्ष विमल पौडेलले तत्काल सेवा प्रवाहको लागि वजारबाट सेवा प्रवाह गरिएको हो । यदी गाउँमै सहज हुने भए गाउँबाटै सेवा प्रवाह गर्ने बताउनुभयो ।
बाह्रविसे नगरपालिकाको प्रमुख प्रशाशकीय अधिकृत ईश्वरी प्रसाद शर्माले सवालको जवाफमा सूचनापाटी , वेवसाईड, सामाजिक संजाल मार्फत कार्यक्रमको जानकारि गराईएको, पर्याप्त रुपमा वजार अनुगमन गर्न नसकिएको र घुम्ती सेवा प्रवाहको योजना रहेको बताउनुभयो । बाँसुरी मिडियाले संचालन गरेको कार्यक्रममा नगर उपप्रमुख मञ्जु तामाङले स्वागत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्