२०८२ बैशाख २७
                           

मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल भोलीबाट हुने, टाइसिट यस्तो छ

सिन्धुपाल्चोक । मेलचौर दरबारडाँडा खेलमैदानमा कात्र्तिक ५ गते भोलिबाट सुरु हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने प्रतियोगितामा २१ टिम सहभागी हुने जिल्ला फुटबलसंघका अध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिए ।


आइताबार टाइसिट सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ८ का वडाध्यक्ष अमृत दंगालले भने,“४ वर्षअघि बामे सार्दै गरेको मालिका देवी कप अहिले खुल्लामा पुगेकोमा बधाइ तथा शुभकामना ब्यक्त गर्दछु ।, भोली देखि हुने खेलमा सबै खेलाडी अनुसान र नियममा रहेर खेल्ने छ भन्ने विश्वास छ । ”

यस्तै जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले खेलाडीहरुलाई शुभकामना ब्यक्त गर्दै खेलकुदका लागि सकेको सहयोग उपलब्ध गराउदै आएको बताए ।


भोली सुरुवातमा विहान ११ बजे भिमटार बोइज भर्सेस सुकुटे युवा जागरण मञ्च बीच खेल हुने छ । चाडपर्वको अवसरमा यो वर्ष पनि खुला ७ ए साइड फुटबल प्रतियोगिता मेलचौर युवा जागरण समाज क्लबको आयोजनामा हुने भएको हो । प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा एक साता सम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलकिपर, रक्षक, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हरेक टिमका खेलाडी तथा टिम अफिसियल गरि टिमका १६ जनाको बिमा पनि गरिएको छ । खेलअवधिमा विमाले उपचार हुने भएकाले खेलाडीलाई विमाले राहत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्