२०८२ बैशाख १९
                           

चेतना मातृशिशुको १५ औं बार्षिकोत्सव सम्पन्न

१८ असोज,चौतारा । सदरमुकाम चौतारास्थित चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता र उपमेयर सीता थापाको विशेष आतिथ्यतामा आइतबार चौतारामा सम्पन्न भएको हो ।

सो अवससरमा मेयर सापकोटाले आर्थिक क्रान्तिका लागि सहकारी भरपर्दो माध्यम भएको भन्दै विश्वसनीयता कायम गर्दे सहकारी अगाडी बढ्नु पर्ने धारणा राखे ।

उपमेयर सीता थापाले सहकारीसँगै संस्थाले मातृशिशुको स्वास्थ्यसँग जोडिएर गरेको कार्यहरुको प्रशंसा गरिन् ।
संस्थाका सचिव गीता श्रेष्ठ र कोषाध्यक्ष अप्सरा भुजेलले क्रमश प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वडा अध्यक्ष शिव श्रेष्ठ, पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ, वडासदस्यहरु सानुमाया गुरुङ, कोमलबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष गुणकेशरी श्रेष्ठको अध्यक्षतामा र उपाध्यक्ष रोजिना घतानीले सञ्चालन गरेको कार्यक्रममा कलाकार इश्वरी अधिकारी र शान्त जिसिले गीत र कनिष्मा कक्षपतिले नृत्य प्रस्तुत गरेका थिए ।

२०६६ सालमा स्थानमा भएको संस्थामा हालसम्म ६९६ शेयर सदस्य रहेका छन् भने झण्डै ३०० भन्दा बढी बाल बचतकर्ता रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्