२०८१ आश्विन २६
                           

जुगल बहुमुखी क्याम्पसको १७ औ बार्षिकोत्सव सम्पन्न

निर्मल बस्नेत – साँगाचोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ स्थित जुगल बहुमुखी क्याम्पसको १७ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा अन्तरक्याम्पस जिल्ला स्तरीय बक्तृत्वकला र नगरस्तरीय अन्तर माध्यमिक नृत्य प्रतियोगीता सम्पन्न गरेको छ ।

बार्षिकोत्सवको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगीतामा चौतारा बहुमुखी क्याम्पसका अनिल शर्मा प्रथम भएका छन् । , सुनकोशी क्याम्पस लामोसाँघुका अनिषा नेपाली दोस्रो इन्द्रावती क्याम्पस मेलम्ची र जुगल बहुमूखी क्याम्पसका अनिष परापुलीले तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा ६ वडा क्याम्पसले सहभागिता जनाएका थिए । उक्त प्रतियोगीताको मूल्याङ्कन क्याम्पसका प्राध्यापकहरु वाङ्कजुङ लामा, राजेन्द्र श्रेष्ठर जनजागृती माबिको शिक्षिका खीकादेबी नेपालले गरेका थिए ।

त्यस्तै नृत्य प्रतियोगितामा जनजागृती माबि साँगाचोक प्रथम, सिद्धिगणेश मावि सानोसिरुवारी द्धीतीय, कालिदेबी माबि कदमबास तृतीय र डडुवा भवानीशंकर मावि डडुवाले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगीतामा नगरपालिकाको ७ वटा बिद्यालयहरुको सहभागिता थियो । दुवै प्रतियोगीतामा प्रथम, द्धतीय र तृतीय हुनेहरुलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले पुरस्कार र प्रमाण वितरण गरेका थिए । नृत्य प्रतियोगीताको मूल्याङ्कन जनजागृती माध्यमिक बिद्यालयको शिक्षिका खिकादेबी नेपाल, सिन्धुकला मन्दिर चौताराका सदस्य निर्मल बस्नेत र नृत्य निर्देशक आहान श्रेष्ठले गरेका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको क्याम्पस सभासमेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले शिक्षाको विकास विना सामाजिक बिकास सम्भव नहुने बताएका छन् ।

शैक्षिक गुणस्तर बृद्धि गर्नमा सवैले जोड दिनुपर्ने भन्दै उनले सामुहिक प्रयासमा मात्र हर कुरा सम्भव भएकोले त्यसतर्फ शैक्षिक व्यक्तित्वहरुले समयमै ध्यान दिन आग्रह गरे । नगरपालिकाको दक्षिण भेग एउटा सम्भावना बोकेको क्षेत्र भएकोले सामूहिक रुपमा बस्तुगत आवश्यकताको पहिचान गरि बिकासमा जुट्नुपर्छ भने । नगरप्रमुख सापकोटाले आगामी दिनमा समग्र बिकासको लागि नगरपालिका प्रतिबद्ध रहेको कुरा उल्लेख गरे ।

त्यस्तै सोही वडाका अध्यक्ष दिपेन्द्र नेपालले बिद्यार्थीहरुको मनोबल उच्च राख्न वडाले प्रथम बर्षमा अध्ययन गर्न भर्ना हुने सम्पूर्णको लागि एक बर्ष लाग्ने सम्पूर्ण शुल्क वडाले बेहोर्ने गरि छात्राबृतिको घोषणा गरे । उनले उक्त सुबिधा पाउने बिद्यार्थीले ४ बर्षसम्म निममित क्याम्समा अध्ययन गर्ने हुनुपर्ने बताए । उनले क्याम्पस सेवा क्षेत्रका वडाध्यक्षहरुलाई समेत उक्त कार्यका जोडिनका लागि आग्रह गरे ।

वडा नम्बर १४ का वडाध्यक्ष उद्धब नेपालले वर्तमान आवश्यकता भनेको भएको क्याम्पसलाई टिकाईराख्नु भएको बताए । उनले स्थानीय आवश्यकता र बिद्यार्थीहरुको चाहना पहिचान गरि पाठ्यक्रम र बिषय परिवर्तन गर्न सकेमा मात्र बिद्यार्थीहरु बिदेश पलायन हुनबाट बच्ने तर्क गरे । अन्यथा क्याम्पसहरु खुला र सुन्य डाँडाहरुमा परिणत हुने चिन्ता व्यक्त गरे ।

क्याम्पस प्रमुख पदमप्रसाद पराजुलीले बार्षिक प्रतिबेदन सभामा पेश गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिबेदनमा जग्गादाता, चन्दादाता, आजिवन सदस्य प्रदेश सरकार र नगरपालिकालाई आभार व्यक्त गरिएको थियो । पराजुलीले क्याम्पसमा बिद्यार्थीहरु न्यून हुनुमा बिदेश मोह मूख्य कारण भएका उल्ल्ेख गरेका थिए । उनले क्याम्पसले सुबिधा बृद्धि गर्न, प्रबिधिमैत्री बनाउन र भौतिक संरचनामा सुधार ल्याउन सके बिद्यार्थी बढ्दै जाने कुरासमेत उल्लेख गरिएको थियो । क्याम्पस प्रमुखले आगामी दिनमा आजिवन सदस्यको बृद्धि, कम्प्युटर र स्मार्ट बोर्ड खरिद, प्रोजेक्टर र ल्यापटप खरिदको योजना अघि सारिएको बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पराजुलीको अध्यक्षतामा उक्त सभा भएको हो । उनले क्याम्पस हरेक आवश्यकताको पहिचान गरि रचनात्कम रुपले अघि बढ्ने बताउदै समाज बिकासको लागि हुने शैक्षिक उन्नयनको पुनीत कार्यमा सवैको साथ र सहयोग निरन्तर रहनुपर्ने जोड दिएका थिए ।

प्राध्यापक हरी श्रेष्ठको सुधोध सञ्चालनमा सम्पन्न बार्षिकोत्सव कार्यक्रम रोचक साहित्यीक, साँस्कृतिक प्रस्तुतिकासाथ निरन्तर झरीका बिच पनि प्रध्यापक, संस्थापक, जग्गादाता, चन्दादाता, आजिवन सदस्यहरु, सञ्चालक समिति , आसपासका बिद्यालयहरुका शिक्षक प्रतिनीधि , क्याम्पसमा अध्ययनरत बिद्यार्थी र अन्य आमन्त्रीत शिक्षाप्रेमीहरुको उपस्थितीमा भव्यताकासाथ भएको थियो ।

क्याम्पसमा शिक्षा र मानबिकी समूहमा अध्यापन गरिदै आएको क्याम्पसप्रमुख पदम पराजुलीले जानकारी गराए । बार्षिकोत्सवकै अवसरमा डिभिजन बन कार्यालयको सहयोग बृक्षारोपन समेत गरिएको उनले बताए । यो चौतारा साँगाचोकगढी नगरको दक्षिणी भेगको एकामात्र क्याम्पस हो । प्राय यस क्याम्पसमा नगरपालिकाको वडा नम्बर ९, १०, ११, १२ , १३ र १४ का बिद्यार्थीहरु अध्ययन गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्