२०८१ मंसिर २३
                           

प्रहरी कार्यलयको जिल्ला स्तरीय नागरिक सुनुवाई ” कार्यक्रम

१७ भाद्र , सिन्धुपाल्चोक । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा “ जिल्ला स्तरीय नागरिक सुनुवाई ” कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरी कार्य, अपराध रोकथाम, शान्ती सुरक्षा, ट्राफिक व्यबस्थापन, लागुऔषध नियन्त्रण, साईबर ठगी लगायत

समग्र जिल्लाको समसामायीक विषय प्रस्तुत गरेका थिए । साथै आर्थीक वर्ष २०८०/०८१ को कार्यसम्पादन प्रगती विवरण समेत सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सभाहलमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधीहरु, राजनैतिक पार्टिका प्रमुख तथा प्रतिनिधीहरु लगायत स्थानिय लगायत १ सय १० जनाको सहभागीतामा नागरिक सुनुवाई भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्