८ श्रावण -पहिरोले मेलम्ची नगरपालिका वडा नम्बर ५ स्थित सिन्धुकोटमा २ गोठ र १ घरमा क्षति पुगेको छ । भने नौ घर उच्च जोखिममा रहेको छ । बस्ती भएको तल माथी दुवैतिर पहिरो गएकाले जोखिम रहेको स्थानीयले बताएका छन् ।
गए रातिको पहिरोले गोलफुले टोलमा करिव १० लाख बराबरको क्षति गरेको छ । राति करिव १ बजे गएको पहिरोले सुकुमान सार्कीको एउटा लैनो भैसी र गाईको बाछोको मृत्यु भएको छ । यस्तै अर्का स्थानिय सुभान सार्कीको एउटा बाख्रा पहिरोमा पुरिएर मृत्यु भएको छ ।
मेलम्ची ५ सिन्धुकोटका वडाध्यक्ष राजु रायमाझी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले पहिरोमा परेका सामग्री तथा वस्तुभाउको उद्दार गरिएको थियो ।पहिरोको क्षति निरीक्षणका लागी पुग्नुभएका मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्थानीयलाई जोखिम घरमा नबस्न र सचेत हुन समेत आग्रह गर्दै सक्दो सहयोग गर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्