२०८२ भाद्र १२

पूरानो मानसिकताबाट माथि उठेर बजेट आउन नसकेको ,सांसद माधव

३१ जेठ, काठमाडौं । पूरानो मानसिकताबाट माथि उठेर आगामी आर्थिक वर्षको बजेट आउन नसकेको नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।‘बजेट वितरणमा हामी पुरानो मानसिकताबाट माथि उठ्न सकेका छैनौं’ सांसद सापकोटाले भने, ‘माथिबाट बजेट बाँड्न सक्दा मात्र निर्वाचन जित्न सकिन्छ भन्ने ह्याङओभरले काम गरिरहेको छ ।’

सांसदहरुले गर्ने टिप्पणी पनि वास्तविकता र गर्न सक्नेमा आधारित हुनुपर्ने उनको भनाइ छ । समग्रतामा सुधार गर्नका लागि विधि चाहिने र विधिका लागि सबै जिम्मेवार हुनुपर्ने बताए । सांसदहरुलाई विधायककै रुपमा अगाडि बढाउनुपर्नेमा पनि उनको जोड छ ।उपयोग नीतिको सम्बन्धमा तत्काल ठूलो सुधार गर्न नसकेतापनि सुधारको सुरुवात गर्न सकिने उनको राय छ ।

‘आजको अवस्थामा उचित भू उपयोग नीति छैन् । यो भन्न जति सजिलो छ, काम गर्न त्यति गाह्रो छ । तर, सुधारका लागि प्रयास गर्ने केही न केही नीति बनाएर सुरुवात गर्न सक्छौं’ उनले भने । खेतीयोग्य जमिनमा प्लटिङ भइरहेको उल्लेख गर्दै उनले यस्तो कार्यमा राज्यको ध्यान पुग्नुपर्ने बताए । गुठीको विषयका म्बन्धमा पनि राज्यले ठोस नीति लिनुपर्ने उनको राय छ ।

 

प्रतिक्रिया दिनुहोस्