२०८२ श्रावण १५

पिस्करमा जन्ती बोकेको सवारी दुर्घटना ३ जनाको मृत्यु

बैशाख ७, सिन्धुपाल्चोक । शुक्रबार विहान पिस्कर धारवतीमा जन्ती बोकेको सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । सो बसमा ५५ जना सवार थिए । विहान ७ बजेर २० मिनेटमा दोलखा क्षमावतीबाट त्रिपुरासुन्दरी गा.पा. ५ धारवतीमा आउदै गरेको बा. ४ ख. ५६१६ नं. को बस दुर्घट्ना भएको हो ।

घट्नास्थलबाट घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पतालतर्फ लैजाने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिए ।।

बस अनियन्त्रित भई सडक बाट अन्दाजी १ सय मिटर तल खसेको छ । भौगोलिक कठिनाईका कारण उद्धार कार्यमा कठिनाई भइरहेको प्रहरीले बताएको छ ।

उक्त दुर्घट्नास्थलमा घाइते तथा मृतकाको शव उद्धारका लागि प्रहरी चौकी पिस्करबाट प्रहरी सहायक निरीक्षक श्याम विनय प्रसाद यादवको कमाण्डमा ३ जना, र इलाका प्रहरी कार्यलय बाह्रबिसेबाट प्रहरी निरिक्षक देबेन्द्रराज जोशीको कमाण्डमा ७ जनाको टोली खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्