२०८२ बैशाख १८
                           

चौतारा बहुमुखी क्याम्पसमा ज्योती सुचना कक्ष स्थापना

बैशाख ३, सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाममा अवस्थित चौतारा बहुमुखि क्याम्पसमा ज्योती सुचना कक्ष स्थापना गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी क्याम्पसका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठले ज्योती सुचना कक्ष उत्घाटन गरेका हुन ।

हाल संयुक्त राज्य अमेरिका बसोबास गर्दै आइरहेका समाजसेवी तथा राजनितिज्ञ रामचन्द्र श्रेष्ठले श्रीमती स्वर्गीय ज्योती कुमारी श्रेष्ठको स्मृतीमा उक्त सुचना कक्ष स्थापना गरेका हुन् । श्रेष्ठले आफ्नो पुख्र्यौली थलोमा रहेको क्याम्पसको शैक्षिक विकासमा थप टेवा पुगोस भन्दै सहयोग गरेको बताए । उनी संयुक्त राज्य अमेरिकाको ब्रान्डफोर्ड नगरका नगर सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन ।


ज्योती सुचना कक्ष क्याम्पस भवनको एक कोठामा स्थापना गरिएको छ । सो कक्षमा स्मार्ट बोर्ड सहित स्टुडियो नै बनाइएको छ । साथै साउण्ड सिस्टम र राउण्डिङ टेवलको ब्यवस्था गरिएको छ ।

यसकारण अब चौतारा बहुमुखी क्याम्पसका शिक्षक तथा विद्याथीहरुलाई स्मार्ट बोर्डको प्रयोग गर्न, अन्तरक्रियात्मक कार्यक्रम गर्न, र अडियो भिडियो रेकर्डिङ लगायतका सुचना प्रविधिसंग सम्बन्धित बहु क्रियाकलाप गर्न सहज हुने भएको छ ।

ज्योती सुचना कक्ष उत्घाटनमा पुगेकी उपमेयर सिता थापाले यस सुचना कक्षको सहि सदुपयोग हुनुपर्नेमा जोड दिदै प्रविधिका कुराहरु आवश्यकता र माग अनुसार परिपुर्ति हुदै जाने बताइन । साथै स्वर्गीय ज्योतिलाई श्रद्धाञ्जली ब्यक्त गरिन ।

यसैगरी संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठले क्याम्पसलाई परदेशमा बसोबास भएता पनि जन्मभुमिलाई सम्झेर सुचना कक्ष स्थापना गर्न सहयोग गरेको भन्दै समाजसेवि रामचन्द्र श्रेष्ठलाई आभार ब्यक्त गरे । साथै क्याम्पस प्रशासनले योजना बनाई सुचना कक्षको सहि सदुपयोग हुने विश्वास ब्यक्त गरे ।

क्याम्पसले क्युएए प्राप्त गरेको दुइ महिना भित्रमानै थप सुचना केन्द्र स्थापना गर्न सफल भएको क्याम्पस प्रमुख नगेन्द्र दंगालले बताए । उनले दिवंगतलाई श्रद्धाञ्जली ब्यक्त गर्दै सहयोगी रामचन्द्र श्रेष्ठलाई धन्यवाद ब्यक्त गरे । उनले ज्योती सुचना कक्षलाई सहि सदुपयोग गर्नेे प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्