२०८२ भाद्र १२

एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटमा आज नेपाल र बरोडा खेल्दै

चैत्र २३ । एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडाबीच खेल हुँदैछ । भारतको गुजरातमा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।

त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आउदो आइताबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्