सामाजिक सञ्जालमा नाबालिगको फोटो दुरुपयोग गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको. चौताराका २२ वर्षका सुमन खत्रीले एक नाबालिगको फोटो दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । खत्रीले एक नाबालिगको फेसबुकबाट फोटो डाउनलोड गरेर चरित्र हत्या हुने खालका सामग्री पोस्ट गरेको प्रहरीले बताएको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाले पोष्ट गरेको फोटो डाउनलोड गरी विभिन्न फेक आई डी बनाएर चरित्रहत्या गरेको आरोप उनीमाथि छ ।आफ्नो परिचय लुकाउन भिपिएनको समेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।फेक आडडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्नुका साथै उनले नाबालिका तथा नाबालिकाकी दिदी र साथीहरु लगायतलाई अश्लिल तस्वीर, भीडियो, फेसबुक म्यासेन्जरमा पठाउने गरेका थिए ।
चरित्र हत्या गरी दुः ख दिएको भन्दै नाबालिकाको काकाले दिएको निवेदनका आधारमा उनलाई अनुसन्धान गरी पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ ।पक्राउ परेका खत्रीलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्