२०८१ श्रावण १२
                           

देशलाई गाली गदै बिदेश जाने बिद्यार्थी उत्पादन गर्नु हाम्रो लक्ष्य होईन :मन्त्री दुलाल

चौतारा ,१९ माघ
सम्झना कार्की – बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले देशलाई गाली गदै बिदेश जाने बिद्यार्थी उत्पादन गर्नु आफ्नो लक्ष्य नभएको बताउँनुभएको छ। शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सवमा सम्वोधन गर्दै मन्त्री दुलालले यस्तो बताउँनुभएको हो ।

मन्त्री दुलालले भन्नुभयो,“देशलाई गाली गदै बिदेश जाने बिद्यार्थी उत्पादन गर्नु हाम्रो लक्ष्य होईन। त्यो गुणस्तरीय शिक्षा होईन।गुणस्तरीय शिक्षा भनेको यस्तो शिक्षा हो जुन शिक्षा प्राप्त गरेको बिद्यार्थीले आफ्नो व्यतिmगत जिवनमा ,सामाजिक र राष्ट्रिय जिवनमा आउने सबै चुनौतीलाई सामाना र समाधान दिन सकोस व्यतिगत जिवन देखी राष्ट्रिय जिवनमा योगदान गर्न सक्ने बिद्यार्थी उत्पादन गर्नु नै गुणस्तरीय शिक्षा हो।पछिल्लो समय नेपालमा नै पढाइ राम्रो भए पनि विदेशमा पढ्न जाने फेशन चलेको छ। नेपालमा नै गुणस्तरिय शिक्षा पाइन्छ तर पनि शिक्षाको नाममा विदेश जाने फेशन चल्यो यसमा दुःख लागेको छ । ”

मन्त्री दुलालले नेपालमा नै विद्यार्थीलाई रोक्नका लागि राज्यको तहबाट शैक्षिक नीति र व्यवस्थापनमा सुधार गर्नुपर्ने कुराहरु चुनौतिको रुपमा रहेको उल्लेख गर्नुभयो। ती चुनौतिहरुलाई चिर्न आफूहरु प्रयत्नशिल रहेको पनि उहाँले दावी गर्नुभयो । सिद्धिगणेश माध्यमिक विद्यालयमा हाल विद्यालय बसको सञ्चालन गरिरहेको उल्लेख गदै यसै वर्ष विद्यालय नर्स आउने प्रतिवद्धता समेत जनाउँनुभएको छ।

सिद्धिगणेश माविले आफ्नो वार्षिकोत्सव धुमधामकासाथ सम्पन्न गर्यो। वार्षिकोत्सवको अवसरमा विद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो । कार्यक्रम बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन गौतमको सभापतित्वमा  सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्