अवसरबाट वञ्चित विद्यार्थीलाई शिक्षा प्रदान गर्ने तथा विपत्तिमा परेका मानिसको उद्धारमा योगदान पु¥याउने मूल लक्ष्य सहित स्थापित अरुणिमा परोपकार प्रतिष्ठानले परोपकारको क्षेत्रमा उल्लेख्य सहयोग गर्न कोष खडा गरेको छ । राजधानीमा आयोजित पहिलो वार्षिक साधारण सभा मार्फत् प्रतिष्ठानले आफुले खडा गरेको कोष तथा उद्धेश्यका बारे प्रकाश पारेको छ । प्रतिष्ठानले हालसम्म विभिन्न दाताहरुको सहयोग मार्फत् रू. ७५ लाख ९० हजार ४ सय ३१ को कोष खडा गरेको छ । यस कोष मार्फत् विभिन्न छात्रवृत्ति तथा विपत्तीमा राहतका लागि सहयोग पुर्याइने प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले जानकारी दिनुभयो ।
सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले चेतनाथ तथा सावित्रादेवी ढुंगाना र घनश्याम तथा कुन्तीदेवी दाहाल स्मृति अरुणिमा छात्रवृत्ति कोषका लागि रु १० लाख १५ हजार ४ सय ४३ को घोषणा गर्नुभयो । उहाँ तथा उहाँको परिवारले योगदान गर्नुहुने सो रकमबाट सिन्धुपाल्चोक स्थित मेलम्चीनगर क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइने छ । मेलम्ची नगरपालिका वडा नं. ६ , तालामारांगमा जन्मिनुभएका ढुंगाना हाल अरुणिमा शैक्षिक प्रतिष्ठान, ढुंगाना प्रतिष्ठान लगायत विभिन्न सामाजिक संस्था मार्फत् समाजसेवामा सक्रिय हुनुहुन्छ । अरुणिमा शैक्षिक प्रतिष्ठान अन्र्तगतका शैक्षिक संस्थामा मेलम्ची तथा हेलम्बु भेगबाट सयौं विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । ढुंगानाले स्थापना गर्नुभएको छात्रवृत्ति कोष मार्फत् यस भेगका अवसरबाट वन्चित विभिन्न विद्यार्थीले लाभ उठाउन सक्ने आँकलन गरिएको छ ।
अरुणिमा परोपकार प्रतिष्ठानले लक्ष्मी चालिसे स्मृति अरुणिमा छात्रवृत्ति रु १५ लाख, अग्निशिखा स्मृति अरुणिमा छात्रवृत्ति रु २ लाख, पशुपतिराज मृगेन्द्रकुमारी मिश्र स्मृति अरुणिमा छात्रवृत्ति रु ५ लाख २० हजार, सुवास अधिकारी स्मृति अरुणिमा छात्रवृत्ति रु २ लाख १० हजार, रामजीप्रसाद कमलादेवी न्यौपाने स्मृति अरुणिमा छात्रवृत्ति रु१० लाख, अरुणिमा शैक्षिक प्रतिष्ठान छात्रवृत्ति रु ५ लाख १३ हजार, अरुणिमा एल्मुनाई एसोसिएसन छात्रवृत्ति रु ३ लाख ७३ हजार ६ सय ९२० लगायतका नाममा लक्षित वर्गलाई सहयोग गर्दै आएको प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतिष्ठानका संरक्षक श्री विजय चालिसेले परोपकारको पूर्वीय दर्शन र भावनालाई समेटेर परोपकार प्रतिष्ठान अघि बढेकोमा सह्राना गर्नुभएको थियो । प्रतिष्ठानमा हालसम्म १७६ जना आजिवन सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्