२०८२ श्रावण १५

अखिल क्रान्तिकारी सिन्धुपाल्चोकको पाचौँ नगर सम्मेलनबाट अध्यक्षमा कसजु

चौतारा ,२३ भदौ
अखिल (क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगर समितिको पाचौँ नगर सम्मेलनबाट नयाँ कार्यसमिती चयन गरिएको छ। शनिबार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य एवं भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा संगठनका केन्द्रीय सचिव क.प्रशुन कार्कीको विशेष आतिथ्यतामा नगर सम्मेलनबाट क.सुप्रीन्स कसजुको अध्यक्षतामा ३५ सदस्यीय कमिटी निर्वाचित भएका छन् । नयाँ कार्यसमितीको उपाध्यक्षमा भरत आहुजु , जमुना श्रेष्ठ ,सचिव समिर दंगाल, सह सचिव सम्झना थापा ,रबिना चौलागाई र कोषध्यक्षमा सलिना श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा सम्बोधन गदै भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले विधार्थीहरु अनुशासित सम्झँदार,विवेकवान र संधर्षशिल बनेर अगाडी बढ्नु पर्ने बताउदै उनिहरु हरेक कुरामा अव्वल हुनुपर्ने बताउँनुभयो । उहाँले शैक्षीक क्षेत्रको समग्र विकासका लागी शिक्षा र स्वास्थ्य क्षेत्रका लागी अखिल (क्रान्तिकारी) संघर्षरत रहनुपर्ने बताउँनुभयो । नव निर्वाचित कमिटीलाई हार्दिक बधाइ सहित सफल कार्यकालको शुभकामना मन्त्री दुलालले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्