२०८२ असार २
                           

लामो दुरीका बस गोंगबुबाटै छुट्नुपर्ने व्यवस्था हटाउन सांसद सापकोटाको माग

सिन्धुपाल्चोक, २६ जेठ
प्रतिनिधि सभाका सांसद माधव सापकोटाले उपत्यका बाहिर जाने सवारी साधन गोँगबुस्थित बसपार्कबाट मात्रै छुट्ने व्यवस्था अव्यवाहारिक भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले असार १ गतेदेखि उपत्यका बाहिर जाने यात्रुवहाक सवारी साधन गोँगबु बसपार्कबाट मात्रै चलाउने ब्यवस्था लागू गर्ने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसद सापकोटाले यो बाध्यकारी नियम अव्यवाहारिक भएको बताउनुभयो । साथै यो व्यवस्था अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह समेत गर्नुभयो ।

उहाँले जडिबुटीमा आएका बस गोँगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्था अन्त्यगरी जडिबुटी बसपार्क यथासक्य सम्पन्नगरी सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्