सिन्धुपाल्चोक ,१० चैत
मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरु र सरोकारवालाहरुलाई विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम मेलम्चीमा सुरु भएको छ ।
रीड नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा मेलम्ची नगरपालिकाको आयोजनामा हुने तालिममा नगरपालिकाका १३ वटै वडाका २(२ जनप्रतिनिधि र नगरपालिका भित्रका सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको विपद् तथा वातावरण शाखा प्रमुख सुजन दुलालले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरवासिले विगत देखिनै थुप्रै विपद्को सामना गर्नुपरेको बताउँनु भयो । साथै भूकम्प, कोरोना, बाढी पहिरो भनेको प्रतिनिधि मुलक घटना मात्र भएकाले यस्ता थुप्रै विपद्को सामना गर्दै अगाडि बढ्नु र आज सम्मपनि यसको व्यवस्थापन र न्युनिकरणका लागि काम नहुनु दुखद रहेको उहाँको भनाई छ।
रीड नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मेलम्ची नगरपालिकाको आयोजनामा शुरु भएको तालिममा १३ वटै वडाका २-२ जना जनप्रतिनिधि र नगरपालिका भित्रका सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्