२०८२ कार्तिक २

यूकेको आर्थिक सहयोगमा खालेगाउँमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

सिन्धुपाल्चोक,६चैत

तामाङ सोसाइटी अफ यूकेको आर्थिक सहयोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३, खालेगाउँमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

तामाङ सोसाइटी अफ यूकेकी पूर्वअध्यक्ष तथा शिक्षा संयोजक अन्जु योञ्जनको उपस्थितिमा बिहीबार शैक्षिक सामग्री वितरण गरिएको हो । श्री समाज विकास आधारभूत विद्यालयका ४३ जनालाई छात्रवृत्तिस्वरुप कपी, कलम, ट्र्याकसुट, जुत्तासहित ड्रेस वितरण गरिएको कार्यक्रममा सहभागी नेपाल तामाङ कलाकार संघका प्रमुख सल्लाहकार रहेका गायक तथा संगीतकार सन्जीव वाइबाले जानकारी दिनुभयाे। उहाका अनुसार अन्य ४ दर्जन जति विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

सिन्धुपाल्चोक, दोलखालगायतका तामाङ बाहुल्यता रहेका विद्यालयका विद्यार्थीहरुलाई सोसाइटीले हरेक वर्ष छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ ।

कार्यक्रममा वरिष्ठ सेलो गायक प्रेम लोप्चन, गायक आस्मान लोप्चन लगायतका कलाकारहरुकाे उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्