२०८२ बैशाख १८
                           

स्ववियु निर्वाचन सिन्धुपाल्चोक , अधिकांश क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी बीच गठबन्धन

सिन्धुपाल्चोक ,५ चैत
स्ववियु निर्वाचन सिन्धुपाल्चोकका अधिकांश क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी बीच गठबन्धन भएको छ। चाैतारा बहुमुखी क्याम्पस -अखिल क्रान्तिकारी, अमृत श्रेष्ठ ,सर्वसम्मत चयन भएका छन् भने ककलिङ क्याम्पस ठूलाेपाखर-अखिल क्रान्तिकारीमा,लक्ष्मण घिसिङ , सर्वसम्मत चयन भएका छन् । यस्तै सुनकाेसी क्याम्पस लामाेसाँघु अनेरास्ववियुमा हीरा थामी सर्वसम्मत चयन भएका हुन्।

ठाेकर्पा सामुदायिक क्याम्पस -नेविसंघ , सरस्वती जिसी सर्वसम्मत ,सिन्धु भ्याली क्याम्पस भाेटेचाैर-नेविसंघ , सुरज चाैँलागाइँ, सर्वसम्मत ,अरनिको कलेज बाह्रबिसे -नेविसंघ ,सन्दिप बस्नेत, निर्वाचित र मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम- अनेरास्ववियु , पवनकुमार लामिछाने ,निर्वाचित
,जुगल बहुमुखी क्याम्पस -अखिल क्रान्तिकारी ,सुदर्शन अर्याल, निर्वाचित,जलवीरे भ्याली क्याम्पस -अखिल क्रान्तिकारीका अच्युत अधिकारी निर्वाचित भएका छन् ।

साथै अभयानन्द क्याम्पस ऐँसेलुखर्क- ,पाँचपाेखरी क्याम्पस सिपापाेखरे- विद्यार्थी कम भएर चुनावी प्रक्रिया हुन सकेन्।

.इन्द्रावती बहुमुखी क्याम्पस मेलम्ची – किसन दुलाल अनेरास्ववियु , नेविसंघ सराेज बस्नेत दुबैले १०८ बराबर मत ल्याएका छन् । पुनः मतगणना हुँदैछ । निर्णय आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्