२५ माघ, सिन्धुपाल्चोक । क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले संघीय शिक्षा ऐन निर्माणमा रचनात्मक भूमिका खेल्ने बताउनुभएको छ । बुधबार जिल्लाको बलेफी गाउँपालिकास्थित कुपकन्या माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उहाले ऐनको आवश्यकताबारे चर्चा गर्दै आफ्नो यसको निर्माणमा भूमिका खेल्ने बताउनुभएको हो । साधन श्रोतलाई केन्द्रित गरेर शिक्षा, स्वास्थ्य आयआर्जन र स्वरोजगारका क्षेत्रमा लगानी गरिने उहाको भनाई थियो ।
सांसद सापकोटाले संकटमा रहेको अर्थतन्त्र सुधार र बिदेसीने जनशक्ति रोकथाम गर्नु पर्ने चुनौतीबारे समेत चर्चा गर्नुभयो । उहाले आफूलाई बिश्वास गरेर भोट दिने र नदिने सबैको नागरिकको संरक्षण, भौतिक पुर्वाधार, शिक्षा स्वास्थ्य र उत्पादनका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिन्धुपाल्चोक १ ख बाट बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिका लागि शिक्षकलाई थप तालिमको व्यवस्थामा हुनुपर्नेमा जोड दिनुभयो । उहाले आत्मअनुशासन र व्यवस्थापनबारे ध्यान दिन आग्रह गर्नुभयो । बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको योगदान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाले व्यवहारिक शिक्षामाका केन्द्रित हुन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्