चौतारा , २२ माघ
सम्झना कार्की – २०७९ माघ २० गतेदेखि २२ गतेसम्म जुगल बहुमुखी क्याम्पस , सागाचोकको खेल मैदानमा सञ्चालन भएको चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड खेलकुद उपाधी ईर्खु माविले जितेको छ । प्रतियोगिता आईतबार समापन भएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ सञ्चालन भएको खेलकुद प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका २३ वटा विद्यालयल मध्ये २१ वटा विद्यालयल प्रतिस्पर्धामा थिए ।
जसमध्ये प्रतियोगितामा १८ स्वर्ण, ८ रजत र १२ कास्यसहित श्री इर्खु मावि प्रथम हुन सफल भएको छ । कृष्ण मावि १४ गोल्ड सहित द्वितिय र सेतीदेवी मावि ठुलोसिरुवारीले ५ गोल्ड सहित तृतीय स्थान हासिल गरेको नगर खेलकुद विकास समिति सहसंयोजक अमृत श्रेष्ठले जानकारी दिनुभयो ।प्रथम हुने विद्यालयले रु. १५ हजार नगद पुरस्कार सहित शील्ड र कप, द्वितीय हुने विद्यालयले रु. १२ हजार नगद पुरस्कार सहित कप, तृतीय हुने विद्यालयले रु. ९ हजार नगद पुरस्कार सहित कप र प्रमाणपत्र प्राप्त गरेका थिए ।
यस्तै कबड्डि छात्रतर्फ टिम च्याम्पियन जनजागृती मावि साँगाचोक प्रथम , कबड्डि छात्रातर्फ टिम च्याम्पियन जनविकास मावि साँगाचोक प्रथम , भलिबल छात्रतर्फ टिम च्याम्पियन श्री कृष्ण मावि चौतारा प्रथम , भलिबल छात्रातर्फ टिम च्याम्पियन सिद्धि गणेश मावि सानोसिरुवारी प्रथम , कराते तर्फ टिम च्याम्पियन सेतीदेवी मावि ठुलोसिरुवारी प्रथम , तेक्वान्दोतर्फ टिम च्याम्पियन श्री कृष्ण रत्नगंगा मावि चौतारा प्रथम र उसु, एथ्लेटिक्स छात्र र छात्रातर्फ टिम च्याम्पियन श्री इर्खु मावि प्रथम भएका छन् ।
सो खेलकुद प्रतियोगिता नगर उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । पाँचौं राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्