दिपक खत्री, मंसिर ९ ÷ दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले सानदार जित हासिल गरेको छ । क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार ९ नेपाली कांग्रेसका ं०मोहन बहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेर बहादुर तामाङलाई हराउँदै बस्नेतले जित निकालेका छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागी यो पहिलो जित समेत हो । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउदा शेर वहादुर तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले २ हजार ४ सय ५२ मत ल्याउदा राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्मेदवार नर सिंह श्रेष्ठले २ हजार ८ सय १९ मत ल्याएका छन् । मेलम्ची नगरपालिकाको वडाहरु पाँच वडाको जम्मा मत ९ हजार १ सय ५७ मत गन्न बाँकी रहदानै बस्नेतले १० हजार ५ सय ६४ मतको अग्रता बनाएका थिए । एमालेका नेता बालकृष्ण बस्नेत, डम्बर अर्यालको क्षेत्रमा समेत यस वर्ष मोहन बस्नेतले आफ्नो जादु चलाएको देखियो । त्यो वडामा समेत बस्नेतले एमालेका उम्मेदवार तामाङ भन्दा ८४ मत वढी ल्याएका थिए ।
२ को प्रदेश सभा९ ख ० मा कृष्ण कुमार तामाङ समिर विजय

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा९ ख ० मा कृष्ण कुमार तामाङ समिर विजय भएका छन् । एमालेका हस्त पण्डित भन्दा १ हजार ५ सय ५ मत बढी ल्याउदै समिर बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १७ हजार ७ सय ५८ मत ल्याउदा एमालेका हस्त पण्डितले १६ हजार २ सय ५३ मत प्राप्त गरेका थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द गुरुङले ३ हजार ४ सय ३३ मत ल्याएका छन् । सिन्धुपाल्चोक जिल्लामा नै ३० वर्षको कान्छो उमेरमा प्रदेश सांसद बन्ने पहिलो युवा पनि समिर बनेका छन् ।
२ को प्रदेशसभा ‘क’ मा दुलाललाई पपुलर मत

सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि युवराज दुलाल ९शरद० भारी मतले विजयी भएका छन् ।शरदले २० हजार ९ सय ६ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमान सिं तामाङलाई ८ हजार ७ सय ६७ फराकिलो मतान्तरले पछाडि पार्दै शरद बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । एमालेका तामाङले भने १२ हजार १ सय ३९ मत ल्याएका छन् ।
शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन । भने तामाङ विसं २०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए । दुलाल र तामाङ तत्कालिन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश भएका थिए ।
४० वर्षमा सांसद बने सुबोध

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार ९नेकपा माओवादी केन्द्रका०माधब सापकोटा ९सुबोध० विजयी भएका छन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेस नेपाललाई ३ हजार ३५६ मतले पछि पार्दै विजयी भएका हुन। उनले ३० हजार ३७४ मत प्राप्त गरे । सरेस नेपालले भने २७ हजार १८ मत पाएर पराजित बने । राप्रपाका नारायण पाण्डेले १ हजार ६४७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४९८ मत ल्याएका छन् ।
जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय सापकोटा पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो । सापकोटा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा खड्का

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ९क० मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का बिजयी भइसकेकी छिन् ।
एमालेका युद्ध विक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन भने एमालेका युद्ध बिक्रम तामाङले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन् ।
क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा सरल

सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३ मत ल्याएर पराजित भए ।
दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नं। १ को मतपरिणाम आईसकेको छ भने क्षेत्र नं। २ को प्रदेशसभा ‘ख’ को मतगणना जारी छ । यहाँ गठबन्धनका उम्मेदवारको अग्रता कायम छ । क्षेत्र नं। २ को प्रदेशसभा ‘क’मा ९गठबन्धन० माओवादी केन्द्रका युवराज दुलाल ९सरद० विजयी भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्