कार्तिक ६, नेकपा एमाले स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङले आज एक कार्यक्रमका बीच दलित आन्दोलनको अगुवाई गर्ने एकमात्र पार्टी एमाले भएको बताउनु भयो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एबं सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपाल,प्रतिनिधि सभा १(ख) प्रदेश सभा उम्मेदवार एमाले युबा नेता होम नारायण श्रेष्ठ ,बागमती प्रदेश कमिटी सचिबालय सदस्य एबं संघीय निर्बाचन क्षेत्र नम्बर २(ख) प्रदेश सभा सदस्यका उम्मेदवार हस्त पण्डित ,एमले बागमति प्रदेश कमिटी सदस्यहरु टासी लामा,राम बहादुर सुनार,जिल्ला कमिटी सचिबालय सदस्य निर्मल बन्जारा,मुक्ति समाजका अगुवाहरु सुनिल मिजार,सुनिता परियार,कमल बि.क.,डिल बहादुर नेपाली लगायतको उपस्थिति रहेको समाजका जिल्ला सचिब धन बहादुर बिश्वकर्माले जानकारी गराउनु भयो ।
मुक्ति समाज सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष टीका बहादुर बि.क.को अध्यक्षतामा सो कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्