२०८२ असार १९

प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकद्रारा सुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

कार्तिक १ — माओवादी निकट पत्रकारहरुको छाता संस्था प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले बिभिन्न चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । आउँदै गरेको तिहार,नेपाल सम्वत् र छठ पर्वलगायतको अवसरमा शभकामना आदानप्रदान गरिएको हो ।
सो कार्यक्रममा बोल्दै माओवादी नेता माधव सापकोटा सुवोध,युवाराज दुलाल शरद,सरलसहयात्री पौडेल र चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले अहिले देश माओवादीको एजेण्डामा चलिरहेको भन्दै अग्रगामी गठबन्धनलाई जित दिलाउन लाग्नुपर्ने बताउनुभयो ।
संबिधानको रक्षा,स्थीरता र देशको समग्र बिकासका निम्ति बर्तमान गठबन्धन आवाश्यक परेको भन्दै यसको स्पीरिटलाई कायम राख्दै सत्तागठबन्धनलाई जिताउनैपर्नेमा जोड दिनुभयो ।देश विकास र समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै नेताहरुले उहाँहरुले अवको अवस्था बदल्न पनि शसक्त भूमिका निर्वाह गर्न क्रान्तिकारी पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
माओवादी बाट निर्वाचीत जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्रबो, लिसंखुपाखर गाँउपालिका अध्यक्ष राजु लामा , बलेफी गाँउपालिका अध्यक्ष गंगा वहादुर तामाङ र चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटालाई प्रेस सेन्टर सिन्धुपाल्चोकले सम्मान समेत गरेको छ । यसैगरी माओवादी केन्द्रका संघ र प्रदेशका उम्मेरदारलाई जितको सुभकामना सहित सुभकामना पत्र समेत वितरण गरीएको छ । सेन्टर अध्यक्ष दिपक खत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्