दिपक खत्री /असोज २६ , ‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोक जिल्लामा चुनावले चर्चा पाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा मन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको केन्द्रीय नेताहरुको चुनावी प्रतिस्पर्धाले चर्चा कमाएको छ ।
सिन्धुपाल्चोक जिल्लामा सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक १ नम्बर क्षेत्र पायो, तर सभामुख अग्नी प्रसाद सापकोटाले युवा पुस्तालाई अघि सारे । माओवादीले सभामुखकोे साटो माधव सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो ।
बरु गठबन्धन नै नगर्ने, तर क्षेत्र नम्बर १ नछाड्ने अडानमा रहेका पुर्व संञ्चार मन्त्री मोहन बस्नेत माग सुनुवाइ नभएपनि गठबन्धन बाटै क्षेत्र नम्बर २ मा उम्मेदवार भएका छन् । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र २ मा कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट पूर्व मन्त्री समेत रहेका शेरबहादुर तामाङबीच रोचक प्रतिस्पर्धा हुने भएकोे छ ।
३० वैशाखको स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मतका अधारमा हेर्दा सिन्धुपाल्चोक २ मा एमाले पहिलो दल हो । सत्ता गठबन्धनमा आवद्ध सबै दलको मत जोड्दा एमाले भन्दा सत्ता गठबन्धन अगाडि छ । आफ्नो क्षेत्र नभएकोले बस्नेतका लागि चुनाव सजिलो नभएको तर्क चलीरहदा कती सम्म मतान्तरले जित्ने भन्ने विषयमात्र बाँकी रहेको बस्नेतको तर्क छ ।
मोहन बहादुर बस्नेत संगको प्रतिस्पर्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङको यो आफ्नै क्षेत्र हो । एमाले नेताहरु पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिस्ठासँग जोडिएको बताउँछन् । गठबन्धनमा रहेका दलहरु कांग्रेस र माओवादीको किचलोका कारण गठबन्धनको मत सबै अर्को पक्षले नपाउँदा आफ्ना मत संरक्षण गर्दा पनि आफुले जित्ने दावि तामाङको छ ।
२०६४÷७० र २०७४ को संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सभामुख अग्नी प्रसाद सापकोटाले स्वेच्छाले चुनाव नउठेका हुन् । यो क्षेत्रमा गठबन्धनबाट माओवादीले माधव सापकोटा सुवोधलाई र एमालेका केन्द्रिय सदस्य सरेश नेपाललाई चुनावी मैदानमा उतारेको छ । ४ प्रदेश क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले २÷२ सिट बाडेका छन् । सिन्धुपाल्चोकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५७ जना प्रतिस्पर्धामा छन् । यसअघिका चुनावमा लगातार हार ब्यहोरेपछि राप्रपा नेता पशुपती सम्शेर राणा यस पटक समानुपातिकमा गएका छन् ।
प्रतिक्रिया दिनुहोस्