२०८२ बैशाख २६
                           

सिन्धुपाल्चोकमा ४ जनाले उम्मेदवारी फिर्ता गरे

असोज २६, सिन्धुपाल्चोकमा ४ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । फिर्ता गर्नेमा प्रतिनिधि सभा २को उम्मेदवार यास्मिन ढुङ्गाना, २(क) का फणीन्द्र प्रसाद दाहाल , २(ख) का योगेन्द्र राज सिग्देल रहेका छन् । उनिहरुले राप्रपाको उम्मेदवार विरुद्ध बागि उम्मेदवारी दिएका थिए । ढुङ्गाना राप्रपा महाधिवेशनबनट निर्वचित केन्द्रीय सदस्य हुन् ।
प्रतिनिधि सभा २(क) मै स्वतन्त्र उम्मेदवारी दिएका जिमि लामाले पनि माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाललाइ समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका छन् । लामा र दुलालले एक सहमति पत्रमा हस्ताक्षर गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्