भदौ ४, विहिबार राति देखि अबरुद्ध मेलम्ची हेलम्बु सडक पुर्ण रुपमा सञ्चालनमा आएको छ । बिहिबार रातिको बर्षाले मेलम्ची ११ सिमखेतमा सडक अबरुद्ध हुँदा यातायात सञ्चालन हुन सकेको थिएन गए रातिको बर्षाले सडकमा थप क्षति हुँदा मानिस आवतजावत समेत बन्द भएको थियो ।आज दुई बजेबाट सडक सञ्चालन भएको मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले जानकारी दिनुभयो ।
बेलुकी बर्षा हुँदा सधैँ सडक अवरुद्ध हुने गरेको भन्दै हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिगो हुने गरि सडक निमार्ण गर्न नगरपालिका संग आग्रह गर्नुभयो । सडक अवरुद्ध हुदाँ हेलम्बुका सात वटा वडा र मेलम्ची ,पाँचपोखरीका दुई वडाका नागरिक प्रभावित भएका थिए ।
अहिले पुल नहुँदा सोहि सडक मात्र विकल्पको रुपमा रहेको छ । घरबाट दैनिक मेलम्ची आउजाउ गर्नेलाई झन धेरै समस्या परेको हेलम्बुका कृष्ण तामाङले गुनाँसो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्