२०८२ फाल्गुन २६

फट्टेको अस्थायी पुलमा क्षति, मर्मत गरिदै

जेठ २६,बर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको छ। गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याउन थालेको छ। गएरातिको बर्षाले मेलम्ची नगरपालिका(११ स्थित ह्युम पाइप जडित फट्टेको पुलमा क्षति पुर्याएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा न ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले अनुगमन गरेपछी मर्मत थालिएको छ ।

मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने फट्टेमा रहेको अस्थाई ह्युमपाइप कल्भर्टमा क्षती पुगेसंगै यातायात सेवा अवरूद्व भएको हो ।
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङका अनुसार फट्टेको ह्युमपाइप मर्मत गरेर १ हप्ता चलाइने छ । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको तामाङले बताउनुभयो । सो पुल पनि केहिदिन राखिने प्रमुख तामाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्