मेलम्ची- मेलम्चीमा रहेको श्री देवि हार्डवेयर प्रालिले मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषमा रु १ लाख १० हजार रकम जम्मा गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम कोषमा बुधबार सो रकम सहयोग गरेको हार्डवेयर सञ्चालक जनकलाल श्रेष्ठले जानकारी दिए । विपत्तिको यस घडीमा सहयोग गर्नु सबैको उत्तरदायित्व रहेकोले आफूले सहयोग गरेको उनले बताए ।
२५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि विभिन्न व्यक्ति, संस्था र राजनैतिक दलहरुले रकम जम्मा गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्