२०८२ असार २
                           

प्रदेश शिक्षा मन्त्रीलाई खुला पत्र


श्री शिक्षा मन्त्रीज्यू,
बाग्मती प्रदेश, नेपाल ।

विषयः एसइई परीक्षा बारे ।

महोदय,
उपरोक्त सम्बन्धमा एसइई परीक्षा परीक्षाबारे धेरै नै अभिव्यक्तिहरु देख्नमा र सुन्नमा आएका छन् । अहिले विश्व नै कोरोना महामारीको कारण त्रासमा छ र हाम्रो देश नेपाल पनि यसबाट अछुत छैन । सोही कारणले गर्दा अहिलेको समाजिक अवस्था पनि निकै नाजुक हुन पुगेको छ ।
२०७६ सालमा एसइई परीक्षा दिने भनिएका सम्पूर्ण विद्यार्थीहरुको जिज्ञासा यस प्रकार छन्ः
१) एसइई परीक्षा दिन हामीलाई केही पनि समस्या छैन तर परीक्षा केन्द्र सुरक्षित छ भन्ने विश्वास कस्ले दिलाउने ?
२) कोरोना पश्चात् गाउँ तथा अन्य ठाउँबाट आउने विद्यार्थीहरुको गाँस, बास र उचित पढ्ने वातावरणको ब्यवस्ता हुने प्रत्याभूति कस्ले गर्ने ?
३) यस्तो जटिल अवस्थामा ढुक्क मानसिकताले विद्यार्थीहरू परीक्षा दिन पाउदैनन् । यस् सन्दर्भमा ३ घन्टाको परीक्षाले उचित मूल्याकन गर्ला त ?
४) परीक्षा सुरु गरेपछि विद्यार्थीहरु कोरोना संक्रमित भए र परीक्षा फेरि बीचैमा स्थगित गर्नु पर्यो भने हाम्रो मानसिकता कस्तो होला ?
५) यदि एसइई परीक्षा भएको खण्डमा नतिजा छिटो सार्वजनिक गरिने भनिएको छ । के यसले विद्यार्थीको कपि परीक्षणमा असर पुर्याउँदैन ?
६) विभिन्न विज्ञप्ति तथा खबरहरुले परीक्षाको तयारी गरिरहेकाहरुको मनोवल घटाएको छ । अझ परीक्षा हुने कि नहुने अन्योलमा परेका विद्यार्थी एवम् उनका अभिभावकहरू मानसिक तनावमा छन् ।
महोदय, मैले मेरो र सम्भवतः एसइई परीक्षा दिने विद्यार्थीका जिज्ञासा राखेको छु । कृपया यस निवेदनको छिटो भन्दा छिटो प्रतिक्रिया दिएर हामी परीक्षार्थीहरुलाई मानसिक पीडाबाट मुक्त गराइदिनुहुन आव्हान गर्दछु ।

पीडित एसइई विद्यार्थी,
अबिन अमात्य
रविभवन, काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्