२०८२ असार ३
                           

दिर्घरोगीलाई नि:शुल्क औषधि वितरण

अशोक पराजुली- चौतारा साँगाचोकगढी नगरपालिका- ११ ले वडा भित्र रहेका दिर्घरोगीहरुको तथ्यांक संकलन गरी नि:शुल्क औषधि वितरण गरेको छ ।
लकडाउनको समयमा दिर्घरोगीलाई औषधि खरिदमा समस्या र औषधि नपाउने लगायतका अफ्ठ्यारालाई मध्यनजर गर्दै वडाले औषधि खरिद गरी घरघरमै औषधि पुर्याएको हो । वडा कार्यालयका सचिव तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र साँगाचोकका प्रमुख अस्मिता पराजुलीका अनुसार वडा भित्रका १ सय ५० जना दिर्घरोगीको तथ्यांक संकलन गरिएकोमा केहिको औषधि नपाइएको र नपाइएको औषधि पुनः मगाइएको छ । अन्यलाई शनिवार र आइतवार २ दिन जनताका घरघरमै गएर करिव १ सय ३० जनालाई औषधि वितरण गरिएको छ ।
दिर्घरोगीहरुले नियमित सेवन गर्दै आएका करिव २ सय भन्दा बढी प्रकारका औषधि आवश्यक पर्छ । मुटुरोगी, किड्नीका समस्या, दम, उच्च रक्तचाप, मधुमेह, बाथ, कोलेस्ट्रोल, मानसिक र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिलाइ १ महिनाको लागि निशुल्क औषधि उपलब्ध गराइएको र आर्थिक अवस्था कमजोर भएका सर्वसाधरण नागरिकका लागि यि औषधिहरु जीवन वरदान सरह हुने आधारभुत स्वास्थ्य सेवा केन्द्र भिमटारका प्रमुख केदार दुलालले बताए । उनले भने– ‘जनताको लागि यसरी नि:शुल्क औषधि वितरण गर्ने भन्ने योजना वडाले बनाएर यो काम गर्यो। यो ज्यादै सह्रानिय कार्य हो ।’ जनताले यो कार्यको लागि वडाका जनप्रतिनिधिलाई मुरीमुरी धन्यवाद दिएका छन् । यो सामान्य सिटामोल बाँढ्ने अभियान नभएर जनताले दैनिक सेवन गर्दै आएका महंगा इन्सुलिन जस्ता औषधि उपलब्ध गराएर ११ नम्बर वडाले ज्यादै नमुनायोग्य काम गरेको छ ।
वडाले नि:शुल्क औषधि उपलब्ध गराएकोप्रति वडाका जनता पनि खुशि देखिएका छन् । एक्लेवेशीकी ७२ बर्षिय ठुलिमाया माझीले आफुले विगत लामो समयदेखि दमको औषधि खाँदै आएको र औषधि सकिएर समस्या परिसकेको थियो । औषधि ल्याउनसक्ने स्थिति पनि थिएन । वडाले नै पैसा नतिरि औषधि ल्याईदियो, अब मलाई १ महिना ढुक्क भयो ।” त्यस्तै मधुमेहको रोगको लागि इन्सुलिन सेवन गर्दै आएका नर्सरीका च्यामे वि.क. पनि खुसि भएका छन् । नियमित औषधि नखाए मरिन्छ । औषधि खान बेला यस्तो छ भनेको बेला जहाँ पायो त्यहिँ औषधि पाइँदैन । वडाले हाम्रो जीवन बचाउने काम गर्यो, वडाका प्रतिनिधिहरुलाई धन्यवाद छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुशिल बहादुर माझीले दिर्घरोगीहरुलाई औषधि उपलब्ध गराउने भनेर मेयरसापलेनै भन्नुभयो, हामीले वडामा तथ्यांक संकलन गर्यौं । फेरी नगरमा के प्राविधिक समस्या प¥यो । नगरबाट उपलब्ध नहुने भएपछि हामी वडाले नै वडाको बजेटबाट औषधि खरीद गरी जनतालाई वितरण गरेका हौँ । हामी जनताको स्वास्थ्यप्रति संवेदनशिल भएर यो कार्य गरेका हौँ । जनतालाई यो अवस्थामा यो काम गर्नु नै आवश्यक थियो । त्यसैले सल्लाह गरेर यो काम गर्यौं ।
दिर्घरोगीलाई औषधि वितरणका साथसाथै स्वास्थ्य परिक्षण पनि गरिएको हो । करीव २ सय जनाको ज्वरो जाँच समेत गरिएको थियो । स्वास्थ्य जाँच गरिएकालाई औषधि समेत उपलब्ध गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्