चौतारा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति सिन्धुपाल्चोकले कोभिड–१९ (कोरोना भाईरस) को महामारी विश्वव्यापी रूपमा फैलिरहेको र नेपालमा यो संक्रमण दोस्रो चरणमा प्रवेश गरी जनजीवनमा पारेको असरलाई मध्यनजर गर्दै सरकारले चालेको ‘लकडाउन’ को कदमलाई पूर्ण पालना गर्न नागरिकहरुलाई अपिल गरेको छ ।
मंगलबार अपिलपत्र जारी गर्दै नेकपाले वैदेशिक रोजगार तथा जिल्ला बाहिरबाट मानिसहरू भित्रिरहेको अवस्थाले जोखिम बढ्न सक्ने कुरालाई मध्यनजर गरी यसरी भित्रिएका मानिसको स्वास्थ्य जाँच गर्न र उनीहरुलाई नेपाल सरकारले तयार गरेको क्वारेन्टाइन र आइसोलेशनको मापदण्ड अनुरुपका क्वारेन्टाईनमा राख्ने कुरामा सहयोग गर्न स्थानीय जनवर्गीय संगठनलाई परिचालन गरी सहयोगी भूमिका खेल्न अपिल गरेको छ । विषम परिवेशमा सञ्चारकर्मी तथा आमनागरिकहरुलाई यस विषयमा समाचार संप्रेशण र सामाजिक सञ्जालमार्फत धाराणा राख्दा उच्च संवेदनशिल भइदिनुहुन समेत नेकपाले अनुरोध गरेको छ ।
‘हामीले हरेक विपत्तीहरुमा राजनैतिक घेराभन्दा माथी उठेर तिनको सामना गरेका छौं, यस कोभिड– १९ को संक्रमणको विपत्तीमा समेत उच्च स्तरको राजनैतिक एकतासहित विपदको सामना गर्न सम्पूर्ण राजनैतिक दलहरुमा हार्दिक अपिल गर्दछौं’, नेकपा सिन्धुका अध्यक्ष झम्क नेपाल र सचिव दावा तामाङद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ– ‘सरकारले वैशाख ३ सम्म लकडाउनको अवधीथप गरेको अवस्थामा धैर्यपूर्वक आत्मअनुशाशित भई लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्दै उच्चमनोवल र दृढ एकताका साथ विपद्को सामाना गर्न सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकलाई फैलिरहेको भाइसरले गम्भीर बनाएको उल्लेख गर्दै लकडाउनको स्थितिबाट दैनिकज्याला, मजदुरी गरेर गुजारा चलाउने, बाहिरी स्थानबाट जिल्लामा काम गर्न आएका श्रमीकहरु, विपन्न, भूमिहीन, गरिब र आर्थिक अवस्था कमजोर भएका परिवार नराम्ररी प्रभावित हुन लागेकोमा ध्यानाकर्षण भएको भन्दै यस्ता कमजोर र संकटासन्न ब्यक्तिको जीवन रक्षाका लागि विशेष राहत प्याकेजको घोषणा गर्न स्थानीय सरकार र सरोकारवालाहरु समेत अपिल गरिएको छ । नेकपाले सबै युवा÷विद्यार्थी र पार्टी पंक्तिलाई आ–आफ्नो स्थानमा रहेर स्वयंसेवी भूमिकामा सक्रिय रहनसमेत अनुरोध गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति सिन्धुपाल्चोकले जारी गरेको अपिलः
प्रतिक्रिया दिनुहोस्