१. अन्तराष्ट्रिय उडान बन्द भएको छ । बिदेशबाट नयाँ संक्रमण आउने सम्भावना छदै छैन । स्थलमार्ग आवागमन पनि व्यवस्थित बनाउने प्रयास भएको छ ।
२. हात धुने हाम्रो बानीमा राम्रै सुधार भएको छ ।
३. आकास हेर्नुस त कति सफा, मनमोहक र रोमाण्टिक ? चैतको आकास यस्तो हुन्थ्यो र ?
४. मःम, चाउमिन, ससेज… अगेरा बगेरा नखादा आफनै शरिरलाई महशुस हुने गरि सजिलो भाको छैन र ?
५. काम न काज समुहमा भेला भएर चाहिने/नचाहिने गफ पनि जोत्नु परेको छैन त ।
६. सुख खोज्न काठमाण्डौंमा थुप्रिएर दुःख पाइरहेकाहरुले गाउँमै मल बोक्नी, खेतवारीको छेउकुना खन्नी काम गरेर फेरी सुख पाइरहेका छन् ।
७. समाजसेवा गर्न नपाएर खरिएका सेल्फी लवरहरूले यसो मास्क सास्क बाँढ्या जस्ताे गरेर सेल्फी खिच्न पाए बरा ।
८. पिपिइ, एन नाइन्टी फाइभ, सर्जिकल मास्क नयाँ नयाँ कुरो जानियो ।
९. जिन्दगीमा सुतेर खान पनि सजिलो चै हुन्न रैछ भन्ने ज्ञान कुन युनिभर्सिटीमा पढाइ भाको थ्यो र ? जानियो त
लकडाउनका सुधारात्मक कुरा।
सप्पै भाको छ । लकडाउन चै भाको छैन । ‘लकडाउन’का ११ दिन लकडाउन नभइकन वितेको छ । ‘१४ दिन’ शुरू भाकाे छैन है सर्मिसहरू
-अनि अरु के छ ?
बाँकी सबै कुरा ठिक छ ।
प्रतिक्रिया दिनुहोस्