अक्टोबर क्रान्ति र संस्कृति सम्बन्धी केही कुरा (भाग एक) – निनु चापागाईं
अक्टोबर क्रान्ति र यसको महत्त्व
महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको सय वर्ष बितिसकेको छ र पनि हामीले यसलाई बिर्सन सकेका छैनौं । किन हामीले यसलाई अहिले पनि सम्झना गरेका हौं ? किनभने यो संसारको सामाजिक जीवनका सम्पूर्ण पक्षहरूलाई नै बेस्सरी हल्लाउने ऐतिहासिक घटना थियो । अक्टोबर क्रान्ति विश्व इतिहासमा वास्तवमै एउटा असाधारण घटना थियो, युगान्तकारी परिघटना थियो । यसले एउटा युगलाई समाप्त पारेर अर्को युगको सूत्रपात गरेको थियो । मार्क्सवादी विचारधारा र विश्वदृष्टिकोणका आधारमा भएको यो पहिलो र सुनियोजित क्रान्ति थियो । यस क्रान्तिले तिन, चार सय वर्ष अघिदेखि चल्दै आएको पुँजीवादी व्यवस्थालाई समाप्त पारेर समाजवादी राज्यव्यवस्था स्थापना गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमै प्रमाणित ग¥यो । यसका साथै चार–पाँच हजार वर्ष अघिदेखि चल्दै आएको शोषक वर्गको शोषण–उत्पीडन, शासन र राज्यसत्तालाई अन्त गरेर विश्वका सर्वहारा वर्गलाई शोषणहीन, राज्यहीन, वर्गहीन राज्यसत्ता स्थापना गर्ने दिशामा अघि बढ्न प्रेरणा, ऊर्जा र हौसला प्रदान ग¥यो ।
यसभन्दा अघिका सम्पूर्ण राज्यसत्ताहरू बहुसङ्ख्यक उत्पीडित जनतामाथि अल्पसङ्ख्यक शासक–शोषकहरूका अधिनायकत्वमा सञ्चालित थिए । अक्टोबर क्रान्तिले पहिलो पटक यसलाई उल्ट्याएर अल्पसङ्ख्यक शोषक वर्गमाथि बहुसङ्ख्यक उत्पीडित वर्गको अधिनायकत्व स्थापित ग¥यो । यो यसभन्दा अघि कहिल्यै नभएको (पेरिस कम्युनका केही दिनलाई छाडेर) युगान्तकारी घटना थियो । शोषणको सम्पूर्ण आधारमाथि नै अक्टोबर क्रान्तिले साङ्घातिक रूपले प्रहार ग¥यो अर्थात् निजी पुँजी, पितृसत्तात्मक परिवार र राज्यमाथि ठुलो चोट पु¥यायो । यसले उत्पादनका साधनहरूमाथि रहेको निजी भूस्वामित्वलाई समाप्त पा¥यो । सर्वहारा राज्यसत्ता अन्तर्गत पहिलो पटक उत्पादनका सम्पूर्ण साधनहरूको निजी स्वामित्वको प्रणालीलाई समाप्त पारेर साझा स्वामित्वको प्रणाली लागु ग¥यो । यसरी चार हजार वर्षभन्दा पनि पुरानो निजी भूस्वामित्व समाप्त भयो । पहिलो पटक उत्पादन गर्नेहरू उत्पादनका साधनहरूको सामूहिक रूपले स्वामी बने र वितरण, प्रबन्धन तथा सारा सामाजिक–राजनीतिक व्यवस्थालाई कम्युनिस्ट पार्टीको नेतृत्वमा उनीहरूले सञ्चालन गर्न थालेपछि विज्ञान, टेक्नोलोजी र उत्पादनको प्रगतिको गतिले युरोपेली औद्योगिक क्रान्ति लगायत यसअघिका सबै कीर्तिमानहरूलाई उछिने । क्रान्तिपछिका दुई दशकभन्दा कम समयमा निःशुल्क शिक्षा, स्वास्थ्य र आवास जस्ता सुविधाहरू सबैले पाउन सक्ने स्थिति निर्माण ग¥यो । बेरोजगारी र अपराध समाप्त भए । पितृसत्ताको मारमा रहेका, घरको चुलोचौकाको परिधिमा सीमित रहेका र दोस्रो स्तरको नागरिक मानिएका महिलाहरूले क्रान्तिको पहिलो वर्ष नपुग्दै कुनै पनि पुँजीवादी राज्यसत्ताले यसभन्दा पहिले कहिल्यै प्रदान नगरेका सामाजिक समानता र सामाजिक स्वतन्त्रता हासिल गरे र सामाजिक कार्यमा पुरुष सरह सहभागी हुने मौका पाए ।
यसभन्दा अघिका राज्यसत्ताहरू अल्पसङ्ख्यक शोषकहरूको बहुसङ्ख्यामाथिको अधिनायकत्व भएको कारणले राज्यसत्तालाई अर्कोवर्गले ध्वंस गर्नुपर्ने हुन्थ्यो भने अब त्यस्तो स्थिति रहेन । समाजमा अल्पसङ्ख्यक शोषक वर्ग क्रमशः विलोप हुँदै जाँदा राज्यसत्ता पनि विलोपमा जाने परिस्थिति निर्माण भएको थियो । पेरिस कम्युन र त्यसपछिका वर्षहरूमा सर्वहारा वर्गले प्राप्त गरेका अनुभवहरू एवम् विचारधारात्मक सङ्घर्षहरूबाट शिक्षा लिँदै र परिपक्वता हासिल गर्दै मजदुर वर्गले कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्यसत्तामाथि दोस्रो पल्ट कब्जा जमायो । पेरिस कम्युनमा जस्तो यो कब्जा ७१ दिनको मात्र थिएन झन्डै चार दसक (३७ वर्ष, १९५४ मा स्तालिनको मृत्यु नहुन्जेल) सम्म टिकेको थियो । कृषिको सामूहिकीकरण, उद्योगको राष्ट्रियकरण, करोडौं जनताको बलिदान दिएर भए पनि हिटलर र फासिज्ममाथि विजय, स्पुतनिक र अन्तरिक्षयान सहित विज्ञान र प्रविधिको विकास जस्ता सब कुरा सोभियत राज्यका युगान्तकारी काम थिए ।
यसको प्रभावस्वरूप संसारभरि कम्युनिस्ट पार्टीहरूको निर्माणको लहर मात्र आएन चौतर्फी रूपमा राष्ट्रिय मुक्तियुद्धको उभार पनि आयो । विश्वव्यापी रूपमै गैरकम्युनिस्टहरूले समेत अक्टोबर क्रान्तिका उपलब्धिहरूको खुलेर प्रशंसा गर्न बाध्य हुनु प¥यो । विश्वका अन्य कम्युनिस्ट पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन र स्वतन्त्रताको आन्दोलनलाई सरसहयोग गर्ने एक मात्र केन्द्र समेत यो बन्न पुग्यो । यी सब कारणले गर्दा हामी अक्टोबर क्रान्तिलाई कहिल्यै पनि बिर्सन सक्तैनौं ।
अक्टोबर क्रान्तिपछि सोभियत सङ्घमा भएका प्रगति र उपलब्धिहरूको कुरा गर्दा सोभियत सत्ताले सामना गर्नु परेका अत्यन्त अप्ठ्यारा स्थितिहरूलाई हामीले कदापि बिर्सन मिल्दैन । बोल्सेभिकहरूले सत्ता हातमा लिएका सुरुका वर्षहरूमा पहिलो विश्वयुद्ध, फरबरी क्रान्ति, अक्टोबर क्रान्ति, गृहयुद्ध तथा प्रतिक्रान्ति र चौध चौध देशको साम्राज्यवादी घेराबन्दीका कारण रुसको अर्थतन्त्र अत्यन्त जर्जर र कमजोर थियो । जनजीवन अभाव र गरिबीको अत्यन्त कठिन र दुर्दशापूर्ण अवस्थामा डुबेको थियो । तर विश्व सर्वहारा वर्गका महान् गुरु तथा अक्टोबर क्रान्तिका नायक लेनिनको नेतृत्वमा कम्युनिस्ट क्रान्तिकारीहरूले केही वर्षभित्रै यसरी प्रचण्ड विकासको लहर ल्याए कि त्यो विश्वकै लागि विस्मयजनक बन्न पुग्यो । ब्रिटिस आर्थिक इतिहासकार एङ्गुस म्याडिसनका अनुसार सोभियत सङ्घमा १९१३ देखि १९६५ का बिच प्रतिव्यक्ति आर्थिक वृद्धिदर ४४० प्रतिशत थियो र संसारका सबै विकसित देशहरूभन्दा माथि थियो । १९२८ मा विश्वका औद्योगिक देशहरूमा पाँचौं स्थानमा भएको रुस १९३७ सम्ममा दोस्रो स्थानमा उक्लन सफल भइसकेको थियो । १९३२ सम्ममा सोभियत सङ्घ पूर्ण रूपमा बेरोजगारी मुक्त मुलुक बन्यो, जब कि त्यतिखेर अमेरिकामा १.१५ करोड, जर्मनीमा ५६ लाख र ब्रिटेनमा २३ लाख बेरोजगारहरू थिए । ब्रिटिस वैज्ञानिक जे.डी.बर्नालको आकलन अनुसार सोभियत सङ्घ १९३० को दशकको मध्यसम्म आप्mनो राष्ट्रिय आयको एक प्रतिशत विज्ञान–टेक्नोलोजीमा खर्च गर्दै थियो । यो अमेरिकाका तुलनमा ३ गुना र ब्रिटेनको तुलनामा १० गुना बढी थियो । १९५० को दशकमा युद्ध सामग्री उद्योग र नाभिकीय कार्यक्रममा रुस अमेरिकाको बराबरीमा थियो भने अन्तरिक्ष कार्यक्रममा अमेरिकाभन्दा अगाडि थियो । यी अति थोरै तथ्याङ्क मात्र हुन् जसले सोभियत सङ्घको प्रगतिको गति कति तीव्र र उच्च थियो भन्ने सङ्केत गर्दछन् ।
वास्तवमा हामी आफैंपनि अक्टोबर क्रान्तिद्वारा स्थापित सोभियत सत्ताका उत्पाद हौं भन्दा अतिशयोक्ति हुने छैन । अक्टोबर क्रान्तिकै प्रेरणा र ऊर्जाबाट उत्साहित भएर विश्वभरि स्थापित भएका कम्युनिस्ट पार्टी सरह नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । यसमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव पनि नभएको होइन । सोभियत सत्ताले विश्वभरिका आम श्रमजीवी जनताका लागि उत्पादन गरेका र सुलभ मूल्यमा वितरण गरेका सैद्धान्तिक, राजनीतिक, साहित्यिक आदि, आदि कृतिहरूले नै हामीलाई विचारधारात्मक रूपले प्रशिक्षित र मार्गनिर्देशित गरेका हुन् । १९१७ देखि १९८० सम्मको अवधिका हाम्रा पुस्ताहरूको वैचारिक, सांस्कृतिक धरातल प्रायः तिनै कृतिहरूबाट निर्मित भएको पाइन्छ । साहित्यिक–सांस्कृतिक सङ्गठनको निर्माणको प्रक्रिया पनि नेपालमा विश्वका अन्य देशहरूमा जस्तै माक्र्सवादी आन्दोलनमा अक्टोबर क्रान्तिको उदयपछि र प्रभावस्वरूप नै अघि बढेको हो । यस अर्थमा हामी जस्ता कम्युनिस्ट विचारधारालाई आफ्नो मार्गनिर्देशनका रूपमा ग्रहण गर्ने अधिकांश मानिसहरूले अक्टोबर क्रान्तिलाई विशेष महत्त्वका साथ ग्रहण गर्नु र यसबाट असीम ऊर्जा लिँदै प्रतिबद्धताका साथ अघि बढ्न चाहनु स्वाभाविक छ ।
अक्टोबर क्रान्तिपछि स्थापित राज्यसत्ताले कुन किसिमको संस्कृतिको निर्माण गर्ने पहल गरेको भन्ने विषयमा कुराकानी गर्नुअघि सामान्यतया संस्कृतिकै बारेमा सङ्क्षिप्त चर्चा गर्नु उचित हुनेछ ।
संस्कृति र यसको महत्त्व
संस्कृतिका बारेमा चर्चा गर्दा विश्वका महान् रुसी साहित्यकार मक्सिम गोर्कीको ‘मानवीकृत दोस्रो प्रकृति संस्कृति हो’ भन्ने धारणालाई प्रायः उद्धृत गर्ने गरिन्छ । प्रकृतिलाई कसैले निर्माण गरेको होइन, यो स्वतः निर्माण भएको वस्तु हो । तर संस्कृति भने स्वतः निर्मित हुँदैन, यसको निर्माण मानिसले गर्दछ, आफ्नो श्रम लगाएर गर्दछ र सामान्यतया प्रकृति र प्राकृतिक वस्तुहरूलाई उपयोगमा ल्याएर नै निर्माण गर्दछ । यही कारण गोर्कीले स्वतः निर्मित प्रकृति होइन, प्रकृतिलाई मानिसले श्रमद्वारा भिन्न बनाएको अर्थात् मानवीकृत गरेको (त्यसैले दोस्रो प्रकृति) वा मानवीय बनाइएको वस्तु संस्कृति हो भनेका हुन् । संस्कृतिको यस परिभाषालाई सटीक परिभाषाका रूपमा लिने गरिएको छ ।
यसरी संस्कृतिको निर्माण गर्दा मानिसले उपयोग गर्ने योग्यता वा क्षमताको जुन स्तर हुन्छ त्यो स्तर सामान्यतया तात्कालिक सामाजिक–आर्थिक संरचनाबाट निर्धारित हुने गर्छ । त्यसैले आर्थिक–सामाजिक अवस्थाद्वारा निर्धारित मानिसको योग्यता एवम् क्षमताको स्तर संस्कृति हो भन्ने परिभाषा प्रचलनमा निकै छ । संस्कृतिका अनेकानेक परिभाषामा सामाजिक ऐतिहासिक व्यवहारका प्रक्रियामा मानिसले निर्माण गरेको र गरिरहेको सम्पूर्ण भौतिक एवम् आत्मिक मूल्यहरूको समष्टि संस्कृति हो भन्ने पनि पर्दछ । संस्कृतिको निर्माणको सन्दर्भमा रूपान्तरण वा परिवर्तनशीलताको अहम् भूमिका रहेको हुन्छ । त्यस कारण मानिसका रूपान्तरणकारी क्रियाकपालको समष्टिका रूपमा पनि यसलाई परिभाषित गर्न नसकिने होइन । यसको परिभाषा जे जसरी गरे तापनि मानव विकासका क्रममा निरन्तर मानवीयता, मानवगरिमा र महत्तातिर फड्को मार्ने र पशुता, जङ्गलीपन, पशुवृत्तिलाई परित्याग गर्दै निरन्तर माथि उठ्ने, बढीभन्दा बढी सामाजिक प्राणीका रूपमा रूपान्तरित हुने काममा सहयोग पु¥याउनु नै संस्कृतिको विशेष दायित्व हो । सारमा संस्कृतिले मानिसलाई सांस्कृतिक रूपले रूपान्तरण गर्ने र उन्नत संस्कृतिले सुसज्जित पार्ने काम गर्दछ ।
संस्कृतिको निर्माणकर्ता मानिस हो र मानिस स्वयम् पनि संस्कृतिको रचना हो । संस्कृति मानिससँगै परिष्कृत हुन्छ र यसले मानिसलाई पनि परिष्कार गर्दछ । यही कारण मनुष्य हुनु र सांस्कृतिक रूपले समुन्नत हुनुलाई अधिकांश विद्वान्हरूले एकअर्काको पर्याय जस्तै मान्दै आएका छन् । संस्कृति सामाजिक–आर्थिक संरचनाको प्रतिबिम्ब हो । समाजको खान–पान, रहन–सहन, आचार–व्यवहार, चिन्तन–मनन, चाडबाड, यथार्थ–आदर्श यी सबै संस्कृतिका रूप हुन् । मानवजातिले भौतिक र मानसिक श्रमबाट सृजना गरेका सबै मूल्यवान् वस्तुहरू व्यापक अर्थमा संस्कृतिभित्र पर्दछन् । संस्कृतिको अस्तित्व समाजमा मात्र हुन्छ र समाजमा नै संस्कृतिको निर्माण हुने गर्दछ । समाजबाट पृथक् कुनै एक व्यक्तिबाट संस्कृतिको निर्माण हुन सक्तैन ।
संस्कृतिको विकासको आधार समाजको भौतिक उत्पादन र उत्पादनसम्बन्ध हो । यही कारण प्रत्येक सामाजिक–आर्थिक संरचनाको निश्चित संस्कृति हुने गर्दछ । एउटा सामाजिक–आर्थिक संरचनाबाट अर्कोसामाजिक–आर्थिक संरचनामा सङ्क्रमण भौतिक उत्पादन र उत्पादनसम्बन्धमा आएको परिवर्तनका कारणले हुने गर्दछ । एउटा सामाजिक संरचनाबाट अर्को सामाजिक संरचनामा परिवर्तन हुनासाथ संस्कृतिको रूपमा पनि परिवर्तन आउँछ । यद्यपि विगतको संस्कृतिमा रहेका मूल्यवान् कुराहरू उत्तराधिकारका रूपमा पछिल्लो सामाजिक संरचनाले हस्तगत गर्दछ ।
यसलाई आधार र अधिरचनाका बिचको सम्बन्धका रूपमा बुझ्नु बढी सहज हुन्छ । अर्थतन्त्र समाजव्यवस्थाको आधार हो भने त्यसमाथि निर्मित हुने माथिल्लो बनोट अधिरचना हो । कुनै पनि सामाजिक–आर्थिक संरचनाको आधारमा उत्पादनपद्धति निहित हुन्छ र भौतिक उत्पादनको सिलसिलामा मानिसहरूका बिचमा रहेको सम्बन्ध अर्थात् उत्पादनसम्बन्ध यो सामाजिक–आर्थिक संरचनाको सारतत्त्व हुन्छ । सामाजिक–आर्थिक संरचनामा उत्पादनसम्बन्धहरूद्वारा निर्धारित अधिरचना पनि समावेश भएको हुन्छ । वैचारिक सम्बन्धहरू र दृष्टिकोणहरूको समष्टिलाई नै हामी अधिरचना भन्ने गर्दछौं । अधिरचनाभित्र राजनीति, कानुन, नीति–नैतिकता, दर्शन, कला–साहित्य र तत्सम्बन्धी सङ्गठन र प्रतिष्ठानहरू पर्दछन् । यसका साथै अधिरचनाभित्र परिवारको किसिम, रहन–सहन आदि पनि समावेश हुन्छन् । प्रत्येक सामाजिक–आर्थिक संरचनाको निश्चित संस्कृति हुन्छ भन्नुको अर्थ जुन किसिमको समाज हुन्छ संस्कृति पनि तदनुरूपको हुन्छ भनेर मान्नु हो ।
सामाजिक संरचनालाई सञ्चालन गर्ने आधार मूलतः अर्थतन्त्र नै हुन्छ । तर आधार र अधिरचनाका बिचको सम्बन्ध यान्त्रिक नभएर द्वन्दात्मक प्रकृतिको हुन्छ । आर्थिक सम्बन्धमा हुने परिवर्तनहरूमाथि अधिरचनाको विकास निर्भर हुन्छ तापनि अधिरचनाले पनि आर्थिक विकासलाई प्रभाव पार्ने काम गर्दछ । यसको अर्थ अधिरचनाले आर्थिक विकासको गतिलाई छिटो पार्ने वा ढिलो बनाउन सक्तछ । समाजविकासको खास खास अवधिमा अधिरचनाको केन्द्रीय भूमिका पनि रहन सक्तछ र पनि अन्ततः आधारकै भूमिका निर्णायक हुन्छ । आर्थिक भौतिकवादी सोचले चाहिँ अधिरचनाको वा संस्कृतिको यस किसिमको सापेक्ष स्वाधीनतालाई मान्दैन, विरोध गर्दछ र संस्कृतिलाई अर्थतन्त्रको हुबहु प्रतिच्छाया मात्र ठान्दछ । संस्कृतिसम्बन्धी यो गलत चिन्तन हो । आर्थिक सम्बन्धमा परिवर्तन हुने बित्तिकै नयाँ संस्कृतिको जन्म एकाएक र रातारात हुँदैन, त्यसको विकास–प्रक्रिया पहिलेदेखि भैरहेको हुन्छ र पछि पनि लामो अवधिसम्म चलिनै रहन्छ । त्यसै गरी पुरानो संस्कृति रातारात नष्ट हुँदैन, त्यसको आधार पहिलेदेखि कमजोर बन्दै आएको हुन्छ र आधारमा गुणात्मक परिवर्तन भैसकेपछि पनि लामो अवधिसम्म त्यसको ह्रासको प्रक्रिया चलिरहन्छ । त्यसैले आधार र अधिरचनाका बिचको सम्बन्धलाई वैज्ञानिक अन्तर्दृष्टिसहित हेर्नु आवश्यक हुन्छ । यसको अर्थ संस्कृतिको सापेक्ष स्वायत्त भूमिका हुने गर्दछ अर्थात् यसले अर्थतन्त्रलाई समेत प्रभावित गर्दछ र संस्कृति अर्थतन्त्रभन्दा अघि वा पछि हुन सम्भव हुन्छ ।
संस्कृतिको स्वरूप वर्गीय हुने गर्दछ । हाम्रो आजको समाज विभिन्न वर्ग र वर्णमा विभाजित छ । विभाजन र विषमताका सामाजिक र ऐतिहासिक स्थितिहरूले संस्कृतिको क्षेत्रलाई अर्थात् मूल्य, विचार र सृजनको क्षेत्रलाई अनिवार्यतः प्रभाव पार्दछन् । वर्गीय भेदभावका जराहरू अर्थव्यवस्थामा निहित हुन्छन् र सामाजिक जीवनका हरेक क्षेत्रमा फैलिएका हुन्छन् । हरेक वर्गको राजनीतिक हित, त्यस वर्गका मानसिक विशेषताहरू र विचारधाराले सम्बन्धित वर्गको आर्थिक स्थिति र भौतिक हितको आधारमा आप्mनो रूप ग्रहण गर्दछन् । संस्कृतिको आकार यसरी नै निर्माण हुने हो । हरेक वर्गको रूपरेखा उसको अस्तित्वको ठोस ऐतिहासिक स्थितिहरू र अरू वर्गसँगको सम्बन्ध आदिबाट पनि निर्धारित हुन्छ । यिनै कारणहरू हुन् जसले गर्दा वर्गीय समाजमा सबै वर्गका र खासगरी आधारभूत वर्गका आआप्mनै संस्कृति हुने गर्दछन् । अनि प्रभुत्वमा रहेको शासक वर्गको संस्कृति नै समाजमा प्रभुत्वमा रहेको हुन्छ ।
संस्कृति मानिसमा अन्तर्निहित सबै असल गुणहरूलाई प्रस्फुटन गराउने प्रयत्न, प्रयास र उपलब्धिसँग अर्थात् मानिसको सर्वतोमुखी विकासँग सम्बन्धित छ । सर्वतोमुखी विकास हुनु भनेको प्रत्येक व्यक्ति सृजनशील व्यक्तिका रूपमा रूपान्तरित हुनु हो । ज्ञानविज्ञानमा पारङ्गत, भौतिक तथा आत्मिक मूल्य सृजन गर्न सक्षम, उच्च नैतिक सिद्धान्त र उत्कृष्ट शारीरिक विकासले सम्पन्न भएको व्यक्तिलाई सामान्यतः सर्वतोमुखी विकास भएको व्यक्ति मानिन्छ । सौन्दर्यबोध, कलात्मक रुचि, उत्कृष्ट कलात्मक कृतिहरूलाई बोध गर्ने र तिनको रचना गर्ने सामथ्र्य, उत्कृष्ट जीवनको निर्माण गर्ने योग्यता सर्वतोमुखी विकास भएको व्यक्तिको पहिचान हो । यही कारण संस्कृतिलाई सृजनात्मक गतिविधिको, यथार्थ र वास्तविकताप्रतिको सक्रिय र सृजनात्मक दृष्टिकोणको मूर्त रूप पनि मान्ने गरिन्छ । वर्गीय समाजमा उत्पीडित तथा श्रमजीवी वर्गका जनताहरूको सृजनात्मक क्षमता एवम् योग्यताहरू कुण्ठित अवस्थामा हुन्छन् । आर्थिक सुविधा, शिक्षा र उन्नत संस्कृतिको अवसरबाट वञ्चित हुनुपर्ने र जीविकाका निम्ति निरन्तर काममा जोतिनुपर्ने कारणले गर्दा उनीहरूले सृजनात्मक काम गर्ने र तिनको विकास गर्ने मौका पाउँदैनन् । यस खालका बाध्यताहरूले गर्दा उनीहरूले स्वाभाविक एवम् आन्तरिक रूपमा सर्वतोमुखी विकासको मौका पाउँदैनन् । यस्तो अवसरबाट वञ्चित हुनेहरूका निम्ति अवसर प्राप्त हुने परिस्थिति निर्माण गर्न सहयोग गर्नु पनि संस्कृतिको काम हो ।
मार्क्सवादका प्रणेता र विश्व सर्वहारा वर्गका गुरु मार्क्सले आफ्नो कृति ‘पुँजी’मा ‘कम्युनिज्मको आधारभूत सिद्धान्त प्रत्येक व्यक्तिको पूर्ण तथा मुक्त विकास हो’ भनेका छन् । पुँजीवादी समाज र कम्युनिस्ट समाजका बिचमा रहेको भिन्नतालाई स्पष्ट पार्ने क्रममा उनले के पनि औंल्याएका छन् भने पुँजीवादी समाजमा ठुलो उद्योग, पुँजीको परिचालन तथा अन्य कारकहरूको माध्यमबाट श्रमजीवीहरूका विविध पक्षहरूको अधिकतम सम्भव विकासको अपेक्षा गरिन्छ भने कम्युनिस्ट समाजले चाहिँ मानिसका विविध पक्षहरूको विकासको मात्र होइन व्यक्तिकै समग्र सामञ्जस्यतापूर्ण विकासको समेत अपेक्षा गर्दछ । ‘कम्युनिस्ट समाजको उद्देश्य समाजका सबै सदस्यहरूको पूर्ण खुसहाली र स्वतन्त्र, सर्वतोमुखी विकासलाई सुनिश्चित गर्नु हो’ भनेर लेनिनले पनि त्यसलाई पुष्टि गरेका छन् ।
संस्कृति मानवलाई पूर्ण र मुक्त बनाउने विशेष साधन हो । मानवजातिलाई उच्च सांस्कृतिक, नैतिक र सौन्दर्यपरक मूल्यहरूबाट पूर्ण बनाउनका लागि समाजमा आर्थिक, सामाजिक–राजनीतिक र आत्मिक स्वतन्त्रताको परिस्थिति आवश्यक हुन्छ । सर्वहारावर्गको विश्वदृष्टिकोण र विश्वलाई साम्यवादी समाजमा ढाल्ने त्यसको महान् ऐतिहासिक ध्येय–उद्देश्यलाई आत्मसात् गर्न सकेको खण्डमा मात्र यस दिशामा अघि बढ्न सकिन्छ । सामाजिक उत्पीडनबाट सम्पूर्ण श्रमजीवी जनताको मुक्ति र साम्यवादको निर्माण विश्वका प्रत्येक व्यक्तिको सर्वतोमुखी र सामञ्जस्यतापूर्ण विकास र व्यक्तिको वास्तविक मुक्तिको आवश्यक पूर्वाधार हो ।
साम्यवादले मात्र आफ्नो उद्देश्य मानव व्यक्तित्वको सर्वतोमुखी विकास, समुन्नति र समृद्धिलाई बनाएको छ । साम्यवादी समाजमा समाज र व्यक्तिको सम्बन्धलाई निम्नानुसार सैद्धान्तिक रूपले समाधान गर्ने प्रयास गरिन्छ : पहिलो कुरो, प्रत्येक व्यक्तिले समुदायमा अरूसित मिलेर मात्र आप्mना क्षमताहरूको चौतर्फी रूपमा विकास गर्न सक्तछ । दोस्रो कुरो, समाजवादी समाजमा वर्गहरू र वर्गविचारधाराबाट उनिएको पुरानो समाजको ठाउँमा एउटा त्यस्तो सङ्घको स्थापना हुनेछ, जहाँ प्रत्येक व्यक्तिको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको लागि सर्त हुन्छ । ‘हरेकबाट उसको सामथ्र्यअनुसार र हरेकलाई उसको आवश्यकताहरू अनुसार’ भन्ने सिद्धान्तले साम्यवादी समाजमा सबभन्दा पहिले समाजका सबै सदस्यहरूको विकास भएको हुनै पर्दछ र तिनको क्षमताबाट काम लिइनुपर्छ भन्ने विचारलाई विशेष महत्त्व दिएको छ । यसबाट मानिसको उन्नतिका लागि अत्यन्त शक्तिशाली सामाजिक प्रोत्साहन मिल्छ ।
साम्यवादी समाजले आफ्ना सबै सदस्यहरूको पूर्ण र सामञ्जस्यतापूर्ण विकासलाई सम्भव बनाउने मात्र होइन त्यसलाई साँच्चै नै आवश्यक तत्त्व समेत बनाउँछ । साम्यवादको भौतिक र प्राविधिक आधारले यसका लागि सबै आवश्यक स्थितिहरू तयार पार्ने काम गर्दछ । यी स्थितिहरूको निर्माणको कारणले गर्दा कुनै पनि काम छोटो समयमा गर्न सकिन्छ, प्रत्येक व्यक्तिले फुर्सदको समय बढी पाउँछ, काम सुविधाजनक हुन्छ, दक्षताहीन कामको आवश्यकता हुँदैन, उपयोगका सामानहरू प्रचुर हुन्छन् । यस्तो परिस्थिति निर्माण भएपछि हरेक व्यक्तित्वको विकास सामाजिक समृद्धिको मापक हुन पुग्छ । त्यतिखेर श्रम विभाजनका सामु व्यक्ति दास हुँदैन, शारीरिक र मानसिक श्रमका बिचको भेद मात्र होइन गाउँ र सहरका बिचको विभेद पनि बाँकी रहँदैन । श्रम जीवनको साधन मात्र होइन प्राथमिक खाँचोमा परिणत हुनेछ । यसरी व्यक्तिको सर्वतोमुखी विकास सम्भव हुन्छ । पूर्ण र मुक्त व्यक्तिको निर्माण वास्तवमा त्यतिखेर मात्रै सम्भव हुन्छ जतिखेर वर्गहीन, राष्ट्र–राज्यविहीन र निजी सम्पत्तिको मानसिकताबाट सर्वथा मुक्त समाज र संस्कृतिको निर्माण हुन्छ ।
यसका विपरीत पुँजीवादी समाजमा श्रमविभाजनका सम्पूर्ण रूपहरू विकासको उच्च स्तरमा पुगेका हुन्छन् तापनि तिनले विकृत रूप लिएका हुन्छन् । कारखानाभित्र र उत्पादनका शाखाहरूबिच विशेष प्राविधिक विभाजन हुने गर्दछ । पुँजीवादमा सहर र गाउँका बिचमा मात्र होइन शारीरिक र मानसिक श्रममा समेत विभाजन हुन्छ । श्रमको यस्तो विभाजनले व्यक्तिलाई गतिविधि वा क्रियाकलापको खास क्षेत्रमा, एउटा विशिष्ट पेसामा सीमित पारिदिन्छ । फलस्वरूप व्यक्तित्वको विकास एकाङ्गी रूपमा मात्र हुन्छ । उदाहरणका निम्ति मजदुर एक आंशिक ‘श्रमिक’ भएर बाँच्न बाध्य हुन्छ, उसमा विद्यमान सबै किसिमका क्षमताहरू र शक्तिहरूले विकास हुने कुनै अवसर नै पाउँदैनन् । यसका अतिरिक्त पुँजीवादले मानिसलाई वस्तुहरूको दास बनाउँछ । पुँजीवादले मानिसहरूमा एक किसिमको निम्न स्तरको उपभोक्ता प्रवृत्ति जन्माउने काम गर्दछ । यसको परिणामस्वरूप वस्तुहरू आर्जन गर्नु नै मानिसको उद्देश्य बन्न पुग्दछ र व्यक्तिको मूल्याङ्कन समेत उससित कति वस्तु छन् भन्ने कुराका आधारमा हुन थाल्दछ । कामबाट अवकाश भएको समयमा मानिसको चिन्तन गर्ने बानीबेहोरालाई भुत्ते बनाउन निम्नस्तरको आमसंस्कृति प्रवाहित गर्ने र मानिसलाई मन्दबुद्धिको बनाउने काम गरिन्छ । यस किसिमका क्रियाकलापले गर्दा मानिसको बौद्धिकता र आत्मा नष्ट हुन पुग्दछ । अनि यसबाट डरलाग्दो रोग अलगाउ वा विसम्बन्धन (alienation) उत्पन्न हुन्छ । अलगाउ भनेको श्रमका उत्पादनहरू, सामाजिक एवम् राजकीय सम्बन्धहरू, नैतिकतासम्बन्धी नियमहरू, वैज्ञानिक सिद्धान्तहरू, सामाजिक चेतनाका रूपहरू आदि मानिसका क्रियाकलाप र परिणामहरूका साथै मानवीय गुणहरू र योग्यताहरू मनुष्यबाट स्वाधीन, परकीय र मानिसमाथि नै शासन गर्ने विरोधी वस्तुमा फेरिनु हो । मानिसबाट नियन्त्रित हुने, हुनुपर्ने कुराहरू मानिसलाई नै शासित गर्ने यस्तो विसम्बन्धनको प्रक्रियाले स्वाभाविक रूपले ‘विकृत संसार’को निर्माण गर्दछ । आर्थिक क्षेत्रमा विसम्बन्धनको यो रूप निजी स्वामित्वको प्रभुत्वमा (श्रमका उत्पादनहरू उत्पादकका रहँदैनन्) श्रम बलपूर्वक गरिने क्रियाकलापमा फेरिन्छ, विभिन्न वर्गहरूको हितका विरुद्धमा प्रकट हुन्छ । परिणामस्वरूप यसले व्यक्तिको सृजनात्मक विकासमा बाधा उत्पन्न गर्दछ ।
यसका विपरीत समाजवादी व्यवस्थाले व्यक्तिगत स्वामित्व शोषणको अन्त्य गरेर श्रमलाई भोकको अनुशासनबाट मुक्त पार्दछ र स्वतन्त्र र रचनात्मक रूप दिन्छ । साम्यवादले चाहिँ त्यसलाई अझ विस्तारित गरेर प्रत्येक व्यक्तिको पूर्ण र मुक्त विकासलाई आप्mनो आधारभूत सिद्धान्त बनाउँछ । साम्यवादी समाजमा व्यक्तिको बहुमुखी वा सर्वतोमुखी विकासको आधार भनेकै साम्यवादी श्रमको विकास हो । किनभने पहिलो कुरो, साम्यवादी श्रमले उन्नत वैज्ञानिक तथा प्राविधिक जगमा उभिएको हुनाले सबै व्यक्तिबाट कामप्रति रचनात्मक दृष्टिकोण, बहुमुखी ज्ञान, उच्च सांस्कृतिक–प्राविधिक स्तरको माग गर्दछ । यतिखेर विज्ञान र प्रविधिको विकास असीमित रूपमा भएको कारणले मानिसका बौद्धिक गुणहरूको विकास र मानिसको विशेषीकृत पेसागत सामान्य शैक्षिक प्रशिक्षणको सम्भावना पनि असीमित हुन पुग्छ । दोस्रो कुरो, साम्यवादी समाजमा कुनै एउटा पेसामा मात्र लगातार संलग्न रहनुपर्ने बाध्यता हुँदैन । त्यसैले व्यक्तिले आफ्ना क्रियाकलापमा हेरफेर गर्ने, रुचि अनुसार काम चयन गर्ने प्रबल सम्भवना र अवसर पाउँछ । व्यक्तिले आफ्नो विशेषीकृत पेसागत र सामान्य शैक्षिक ज्ञान बढाउने ठुलो प्रेरणा पनि पाउँछ । तेस्रो कुरो, साम्यवादी श्रमको उच्चस्तरीय सङ्गठन, श्रमिक सम्बन्धहरूको सामूहिक चरित्र, व्यक्ति र समाजका हितहरूमा अटुट एकताले गर्दा व्यक्तित्वमा उच्चतम नैतिक गुणहरूको निर्माण, सामाजिक दायित्वबोध, सामाजिक सम्पत्तिको वृद्धि, श्रमप्रेम र इमानदारिताले प्रश्रय पाउँछ । चौथो कुरो, श्रमको प्रक्रिया, अवस्था र परिणामहरूको सौन्दर्यानुभूतिले मानिसमा सौन्दर्यबोध, सौन्दर्यभावना र सौन्दर्यका क्रियाकलाप उत्पन्न गर्न सहयोग पु¥याउँछ । साम्यवादीसमाजको उच्चस्तरीय उत्पादक श्रमको कारणले गर्दा यसका सारा सदस्यले अधिकतम फुर्सद पाउँछन् । आफ्ना सम्पूर्ण शारीरिक एवम् बौद्धिक योग्यताहरूको विकासका लागि यो अनिवार्य आवश्यकता हो । फुर्सद भएपछि वैज्ञानिक, कलात्मक, प्राविधिक सृजनामा संलग्न हुन, शारीरिक व्यायाम र खेलकुदमा सहभागीहुन, सक्रिय आराम विश्राम गर्नका लागि बढी समय पाइन्छ । यसरी सृजनात्मक विकासकालागि अधिकतम मौका मिल्दछ ।
अक्टोबर क्रान्तिपछि निर्माण गर्न थालिएको संस्कृतिलाई समाजवादी संस्कृति भनिन्छ । यो समाजवादी आर्थिक–सामाजिक जीवनले सोभियत जनतामा पारेको प्रतिबिम्बन हो । अक्टोबर क्रान्तिले वर्गसमाजको सम्पत्तिसम्बन्ध र निजी स्वामित्व समाप्त पार्नुका साथै हजारौं वर्षअघिदेखि चल्दै आएको लामो सम्पूर्ण वर्गसमाजलाई नै उल्ट्याउने काम गरेको थियो । यही आर्थिक–सामाजिक जीवनका आधारमा रुसमा समाजवादी संस्कृतिको निर्माण भएको थियो । सामान्यतया समाजवादी संस्कृतिको निर्माण दुई तरिकाले गरिन्छ । एक पूर्ववर्ती संस्कृतिहरूमा विद्यमान मूल्यवान् तत्त्वहरूलाई आलोचनात्मक विवेकका साथ आत्मसात्करण र नवीकरण गरिन्छ भने दुई, नियोजित र उद्देश्यपूर्ण ढङ्गले नयाँ संस्कृतिको निर्माण गरिन्छ ।
समाजवादी संस्कृतिको निर्माणमा कम्युनिस्ट पार्टीले निर्णायक भूमिका खेल्दछ । यो संस्कृति अन्तर्वस्तुमा समाजवादी, भावना र स्वरूपमा अन्तर्राष्ट्रियतावादी र जातीय रूपमा बहुविध किसिमको हुन्छ । कम्युनिस्ट पक्षधरता, जनस्वरूप, सर्वहारा वर्गीय प्रतिबद्धता, अन्तर्राष्ट्रियतावाद, देशभक्ति, सामूहिकतावाद, ऐतिहासिक आशावाद, समाजवादी मानवतावाद, पुँजीवादी विचारधारा र पुरानो संस्कृतिका अवशेषहरूको तीव्र विरोध र तिनका विरुद्ध दृढ सङ्घर्ष यसका विशेषता हुन् । यस अतिरिक्त जीवनसत्यप्रति अगाध निष्ठा र सकारात्मक अभिवृत्ति, श्रम गर्ने तत्परता र श्रमप्रति सम्मानको भाव, जनसेवाको भावना, सामूहिक हितलाई निजी हितका रूपमा लिने प्रवृत्ति, भनाइ र गराइमा एकरूपता यस संस्कृतिका अन्य लक्षण हुन् । यी सबलाई प्रबद्र्धन गर्ने संस्कृति नै समाजवादी संस्कृति हो र अक्टोबर क्रान्तिपछि यही संस्कृतिको निर्माणमा नियोजित र उद्देश्यपूर्ण ढङ्गले बोल्सेभिक पार्टीले सक्रिय भूमिका खेलेको थियो । समाजवादी संस्कृतिको निर्माणमा सांस्कृतिक क्रान्तिले निर्णायक भूमिका खेल्दछ ।
सोभियत सरकारकी सहायक शिक्षा मन्त्री तथा ब्लादिमिर इल्यिच लेनिनकी पत्नी क्रुप्सकायाले समाजवादी निर्माणको सन्दर्भमा अत्यन्त सारगर्भित विचार व्यक्त गरेकी छन् : ‘समाजवादको निर्माणको अर्थ विशालकाय कलकारखाना र मिलहरूको निर्माण गर्नु होइन । यी कुरा आवश्यक छन्, तर समाजवादको निर्माण यत्तिले मात्र हुनै सक्तैन । मानिसका दिमागहरू र हृदयहरूको विकास पनि आवश्यक हुन्छ । अनि प्रत्येक व्यक्तिको यस वैयक्तिक उन्नतिको आधारमा अन्ततोगत्वा एउटा त्यस्तो नयाँ किसिमको बलशाली समाजवादी सामूहिक इच्छा सृष्टि गर्न आवश्यक हुन्छ जसको अन्तरमनमा ‘म’ र ‘हामी’ अभिन्न रूपले मिलेर एकाकार हुन सकुन् । यस किसिमको सामूहिक इच्छाको विकास गहिरो वैचारिक एकता र त्यत्तिकै गहिरो पारस्परिक सौहार्द्र भाव एवम् आपसी समझदारीको आधारमा मात्र गर्न सकिन्छ’ (सिनहा : १९८० : २१०) । यही नयाँ किसिमको मानव निर्माण गर्ने प्रक्रियाको थालनी अक्टोबर समाजवादी क्रान्तिद्वारा स्थापित सोभियत राज्यसत्ताले पहिलो पटक समाजवादी संस्कृतिको निर्माणको माध्यमबाट गरेको थियो । समाजवादी संस्कृतिको निर्माणका क्रममा देखा परेका केही विशेषतालाई यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।
ज्ञानआर्जनमा अतिशय जोड
ज्ञान मुक्तिको सङ्घर्षमा एउटा बलियो अस्त्र हो र ज्ञान वा शिक्षाको अभावले नै जीवनमा असफलता हात लाग्ने हो । शिक्षा सम्बन्धी पहिलो अखिल रुसी सम्मेलनमा बोल्दै लेनिनले भनेका थिए : ‘श्रमजीवी जनताहरू ज्ञानका निम्ति किन तिर्खाएका छन् भने उनीहरूलाई जितको आवश्यकता छ । दस जनामध्ये नौ जना श्रमजीवी जनताले मुक्तिको आफ्नो सङ्घर्षका लागि ज्ञान एक अस्त्र हो भन्ने बोध गरेका छन्, शिक्षाको अभावले गर्दा उनीहरू असफल भएका हुन् भन्ने अनुभव गरेका छन् र अब शिक्षाका लागि सबलाई वास्तविक रूपले बाटो दिनु उनीहरूमा नै भर पर्छ’ (लेनिन : भो. २८ : ८८) ।
मार्क्सवादका संस्थापकहरू ज्ञानका अत्यन्त प्रशंसक र भोका थिए भन्ने कुरा उनीहरूका बारेमा अभिरुचि राख्ने प्रायः सबैलाई थाहा छ । कार्ल माक्र्सका कट्टर विरोधीहरूले समेत उनमा भएको अथाह विद्वत्ता र चौतर्फी ज्ञानको प्रशंसा गरेका छन् । उनको विश्वविख्यात पुस्तक ‘पुँजी’को लेखनमा ब्रिटिश लाइब्रेरीको भूमिकाका बारेमा, उनले त्यहाँ बसेर गरेको अथक अध्ययनका बारेमा अहिले पनि बेलाबखत चर्चा भैरहेकै छ । उनका अनन्य मित्र एङ्गेल्स पनि ज्ञानका दृष्टिले असाधारण व्यक्तित्व थिए । यहाँ अक्टोबर क्रान्तिको सन्दर्भमा कुरा भैरहेको हुँदा त्यसका नायक लेनिनका बारेमै कुरा केन्द्रित गर्नु उचित हुनेछ । विश्वको पहिलो समाजवादी राज्यका संस्थापक लेनिन ज्ञानार्जनका दृष्टिले कुनै पनि अर्थमा कम थिएनन् । लेनिनको अध्ययनको परिधि अत्यन्त व्यापक थियो । ज्ञानको स्रोत पुस्तकालयका बारेमा लेनिनमा असाध्यै धेरै सम्मानभाव थियो । उनले आमालाई लेखेको एउटा चिठीमा ‘स्थानीय विश्वविद्यालयको पुस्तकालयमा’ आफु ‘अहिलेसम्म नपुगेको’, यो ‘लज्जाजनक’ कुरो भएको र त्यहाँ पत्नी क्रुप्सकाया सहित ‘छुट्टीपछि अध्ययन गर्न’ सुरु गर्ने भनेर लेखेका छन् (सिनहा : १९८६ : ११३) । यसबाट पुस्तकालय र ज्ञानको उनको असीम सम्मानभाव व्यक्त हुन्छ । लेनिनकी जीवनसाथी क्रुप्सकायाले भने अनुसार लेनिनको जीवनको अधिकांश समय पुस्तकालयमा नै बितेको थियो । समारामा हुँदा उनी स्थानीय पुस्तकालयबाट पुस्तकहरू झिकाएर अध्ययन गर्थे भने पिटर्सबर्गमा भएको बेला उनको पुराका पुरा दिन सार्वजनिक पुस्तकालयमा बित्तथ्यो ।
त्यति मात्र होइन त्यसताका उनी स्वतन्त्र आर्थिक समाजको पुस्तकालयका साथै अन्य पुस्तकालयहरूबाट पनि पुस्तक झिकाएर अध्ययन गर्दथे । जेलमा उनकी बहिनीले किताब पु¥याइदिने गरेकी थिइन् (सिनहा : १९८६ : १५१) । रुसभन्दा बाहिर बस्नुपरेको बेला उनले पुस्तकालयको उपयोग अझ बढी गरेका थिए । लन्डन (१९०२ / १९०३) मा रहँदा लेनिनको आधा समय ब्रिटिस सङ्ग्रहालयमा बितेको थियो । ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’ लेख्ने क्रम (१९०८) मै उनले एक महिना त्यही विश्वविख्यात सङ्ग्रहालयको पुस्तकालयमा बिताएका थिए । जेनेभा (१९०३) मा उनको पुरै दिन रिडिङ्ग सोसाइटीमा बित्थ्यो । पेरिसमा उनले मुख्यतः राष्ट्रिय पुस्तकालयको उपयोग गरेका थिए । ‘रुसमा पुँजीवादको विकास’ लेख्ता लेनिनले ५८३ पुस्तकको सहयोग लिएका थिए । माक्र्सवादका अन्य गुरुहरूले पनि ज्ञानार्जनमा अतिशय जोड दिएका र आप्mनो धेरै समय ज्ञानार्जनमा लगाएका थिए ।
लेनिनको अतिशय जोड ‘आफ्नो बुद्धिलाई मानवजातिले आर्जन गरेको ज्ञानको सारा सम्पत्तिले सम्पन्न तुल्याउन’ सके मात्र कम्युनिस्ट बन्न सकिन्छ भन्ने कुरामा थियो । उनले यस किसिमका थुप्रै अभिव्यक्ति दिएका छन् : ‘..मानव–ज्ञानद्वारा सञ्चित निधिलाई हृदयङ्गम नगरीकन कम्युनिस्ट बन्न सकिन्छ भन्ने .. निष्कर्ष निकाल्न खोज्नुभयो भने तपाईंले ठुलो भुल गर्नु हुनेछ । स्वयं साम्यवाद जसको परिणाम हो सो समग्र ज्ञान आत्मसात् नगरीकनै केवल कम्युनिस्ट नाराहरू र साम्यवादी विज्ञानका निष्कर्षहरू मात्र रट्नु पर्याप्त छ भन्ने सोच्नु पनि ठुलो गल्ती हुने छ । मानव–ज्ञानको निधिबाट साम्यवाद प्रादुर्भाव कसरी भएको थियो भन्ने कुराको उदाहरण हो मार्क्सवाद’ (लेनिन : १९७७ : ९१) ।
‘मानवजातिको समस्त विकासक्रमद्वारा निर्मित संस्कृतिको वास्तविक ज्ञानको आधारमा र त्यसको नवसंस्कारको आधारमा मात्रै सर्वहारा संस्कृतिको निर्माण गर्न सकिन्छ भन्ने कुरा राम्ररी नबुझेसम्म हामी यो समस्या हल गर्न सक्तैनौं । सर्वहारा संस्कृति भनेको आकाशबाट झरेर आउने कुरा होइन । यो ती मानिसहरूको आविष्कार पनि होइन जो आफुलाई सर्वहारा संस्कृतिको विशेषज्ञ भन्दछन् । यी सबै फोस्रा कुरा हुन् । सर्वहारा संस्कृति त्यस ज्ञानराशिको स्वाभाविक विकासको देन हुनु पर्दछ जुन मानवजातिले पुँजीपतिहरूको समाज, भूमिपतिहरूको समाज, नोकरसाही समाजको जुवामुनि नारिएर सृजना गरेको थियो । यी सबै बाटा र गोरेटाहरूले त्यसरी नै सर्वहारा संस्कृतितर्पm डोहो¥याएका थिए, डोहो¥याउँदै रहेका छन् र डोहो¥याउने छन् जसरी मार्क्सद्वारा पुनर्निरुपित राजनीतिक अर्थशास्त्रले मानवसमाज कतातिर जाँदै छ भन्ने हामीलाई देखाएको छ र वर्गसङ्घर्षको दिशामा, सर्वहारा क्रान्तिको तरखरको दिशामा सङ्क्रमण हुँदै छ भन्ने पनि बताएको छ’ (लेनिन : १९७७ : ९२) । ‘.. हामी साम्यवादी निष्कर्षहरू र कम्युनिस्ट नाराहरू सिक्नमा मात्र सीमित रहन सक्छौं भन्ने यसको अर्थ होइन । यसरी साम्यवादको निर्माण गर्न सकिँदैन । केवल त्यस बेला मात्र कम्युनिस्ट बन्न सकिन्छ जब तपाईंले आप्mनो बुद्धिलाई मानवजातिले आर्जन गरेको ज्ञानको सारा सम्पत्तिले सम्पन्न तुल्याउनु हुनेछ’ (लेनिन : १९७७ : ९२–९३) ।
‘कम्युनिज्म ज्ञान, टेकनिक र संस्कृतिको अभावमा निर्माण गर्नै सकिन्न..’ (लेनिन : भो.३० : १४७) । ‘हाम्रो राज्य संयन्त्रमा सुधार ल्याउनका लागि हामीले कुनै पनि मूल्यमा सर्वप्रथम अध्ययन गर्नुपर्छ, दोस्रो अध्ययन गर्नुपर्छ र तेस्रो अध्ययन गर्नुपर्छ र यो अध्ययन कतै बेनामे पत्रजस्तो काम नलाग्ने नहोस् भनेर हेर्नुपर्छ’ (लेनिन : १९७० : २१९) । उद्योगलाई पुनर्स्थापित गर्ने सन्दर्भमा लेनिनले भनेका छन् : ‘..जे भए तापनि, पुरानो आधारमा उद्योगलाई पुनस्र्थापित गर्न सकिन्न, यसलाई आधुनिक टेक्नोलोजीको आधारमा पुनस्र्थापित गर्न आवश्यक छ, यसको अर्थ हो उद्योगको विद्युतीकरण र उच्च संस्कृति । विद्युतीकरणले दस वर्षको काम लिन्छ, तर यो काम उच्चतर सांस्कृतिक तथा राजनीतिक स्तरको कार्य हो’ (लेनिन : भो. ३० : ३७७), ‘साक्षरताको अभावमा, अध्ययनको अभावमा उद्योगको तीव्र विकास सम्भव छैन र व्यक्तिवादी अविकसित गाउँहरू सामूहिक फार्ममा रूपान्तरित हुन पनि सक्तैनन्’ (लेनिन : १९७० : २५७) । तर ज्ञान हासिल गर्ने क्रममा पुरानो संसारको सिद्धान्त र व्यवहारका बिचको अन्तर र विभेदबाट बच्न पनि कम्युनिस्टहरूले मिहिनेत गर्न आवश्यक हुन्छ । माक्र्सवादले किताबी ज्ञानलाई मात्र पर्याप्त मान्दैन ।
यस सम्बन्धमा लेनिन भन्छन् : ‘.. काम बिना र सङ्घर्ष बिना साम्यवाद सम्बन्धी पुस्तिकाहरू र कृतिहरूबाट प्राप्त गरिने साम्यवादको किताबी ज्ञान बिल्कुलै बेकम्मा हुन्छ, किनभने त्यसले सिद्धान्त र व्यवहारको बिचको पुरानो अन्तरलाई अर्थात् त्यस पुरानो अन्तरलाई कायमै राख्ने छ, जुन पुरानो पुँजीवादी समाजको सबभन्दा घृणित लक्षण थियो’ (लेनिन : १९७७ : ८९) ।
तर नेपालको सन्दर्भमा कम्युनिस्ट हुँ भन्ने नेताहरूको ज्ञानप्रतिको वितृष्णा अचम्मलाग्दो देखिन्छ । उनीहरू आफु त ज्ञान आर्जन गर्ने कठिन परिश्रम गर्दैनन्, गर्दैनन् गर्नेहरूलाई पनि अनेकौं वलीका गालीका फोहोराले हिर्काएर आप्mनो तुच्छताको प्रदर्शन गर्न पनि पछि पर्दैनन् । उपहास गर्न लायकका उनीहरूका ज्ञान विरोधी भाषण र भनाइहरू सुन्दा मानिसहरूमा उनीहरू कतै मार्क्सवादकै विरोधी पो हुन् कि भन्ने धारणा उब्जने सम्भावना प्रबल छ ।
आलोचनात्मक विवेकमाथि जोड
मार्क्सवादको पदचिह्नमा अघि बढ्दै जाँदा बोल्सेभिक नेतृत्वले मानवजातिले आर्जन गरेको ज्ञानको सारा सम्पत्तिले आप्mनो बुद्धिलाई सम्पन्न बनाउने कुरालाई मात्र महत्त्व दिएन त्यस ज्ञानलाई आलोचनात्मक विवेकका साथ ग्रहण गर्ने कुरामा पनि विशेष जोड दियो । आलोचनात्मक विवेकको उपयोग नगरी तम्तयार निष्कर्षका आधारमा साम्यवादको गफ नहाँक्न पनि त्यसले निर्देश ग¥यो । बनिबनाउ निष्कर्षहरूलाई आलोचनात्मक ढङ्गले जाँचेर लिएको खण्डमा मात्र अनावश्यक कुराहरूबाट बच्न सकिन्छ, पुरानो शिक्षाको मगजमा जबर्जस्ती थोपरिने ज्ञानको बोझबाट मुक्ति पाइन्छ र विषयलाई अझ गहन रूपले आत्मसात् गर्न सकिन्छ भन्ने कुरामा विशेष जोड दिँदै लेनिनले भनेका छन् : ‘..तपाईंले त्यस ज्ञानलाई हृदयङ्गम मात्रै गरेर पुग्दैन, आलोचनात्मक ढङ्गले यसरी हृदयङ्गम गर्नुपर्दछ जसले गर्दा आप्mनो दिमागमा नचाहिँदो कसिङ्गर थुप्रन जाने छैन, बरु आप्mनो बुद्धिलाई यस्ता सारा तथ्यहरूले सम्पन्न तुल्याउनु पर्दछ जुन आधुनिक समयका शिक्षित मानिसहरूको लागि अनिवार्य हुन्छ । यदि कुनै कम्युनिस्ट गम्भीर, कठिन र ठुलो परिश्रम नगरीकनै, आलोचनात्मक ढङ्गले जाँची हेर्नुपर्ने तथ्यहरूलाई नबुझीकनै आफुले थाहा पाएका तयार निष्कर्षहरूका आधारमा साम्यवादको गफ हाँक्न थाल्दछ भने त्यो ज्यादै दयनीय कम्युनिस्ट हुनेछ । यस्तो अधकल्चोपना अवश्य नै घातक सिद्ध हुन्छ’ (लेनिन : १९७७ : ९३) ।
सामान्यतया मानवजातिले आर्जन गरेको समग्र ज्ञानराशिबाट समाजवाद र साम्यवादका लागि आवश्यक, उपयुक्त र लाभदायी कुराहरू छान्नका लागि आलोचनात्मक विवेक अपरिहार्य हुन्छ । आलोचनात्मक ढङ्गले कुनै पनि विषयलाई आत्मसात् गर्नु भनेको सही र गलत, असल र खराब कुराको विवेचना गर्नु, सही र असल विचार तथा व्यवहार अवलम्बन गर्नु र पार्टी र आन्दोलनमा देखिएका गलत विचार तथा व्यवहारबाट आन्दोलन, पार्टी सदस्य तथा आफुलाई पनि मुक्त गर्न मिहिनेत गर्नु हो । यसको अर्थ आफु र आन्दोलनमा संलग्न साथीहरूका विचार तथा आनीबानी र आचरणका बारेमा पनि आलोचनात्मक ढङ्गले विवेचना गरेर आलोचना–आत्मालोचना गर्नु हो ।
यही कारण कम्युनिस्ट पार्टीको सङ्गठनात्मक सिद्धान्तमा आलोचना र आत्मालोचनालाई महत्त्वपूर्ण स्थानमा राख्ने गरिएको हो । आवश्यक पर्दा तीव्र आलोचना गर्नु प्रत्येक क्रान्तिकारीको कर्तव्य हो भन्ने लेनिनको धारणा छ । एक पटक कमिसारहरू (मन्त्रीहरू)का कार्यको आफुले तीव्र आलोचना गर्ने धृष्टता गरेँ भनेर कामरेड चुडनोभ्स्कीले आत्मालोचक बनेको सन्दर्भमा लेनिनले भनेका थिए ‘.. यहाँ तीव्र आलोचना गर्नु क्षम्य अथवा अक्षम्य हो भन्ने प्रश्न नै उठ्न सक्तैन । आवश्यक पर्दा यस किसिमको आलोचना गर्नु प्रत्येक क्रान्तिकारीको कर्तव्य हो’ (सिनहा : १९८० : ७०) ।
प्रसिद्ध सोभियत राजनेता फेलिक्स एडमन्डोभिच जरजिन्स्कीको के भनाइ छ भने ‘.. हामी आलोचनाबाट डराउनु हुँदैन न त कमजोरीहरूलाई नै ढाकछोप गर्नु उचित हुन्छ । यसका विपरीत यी कमजोरीहरूलाई अनावरण गर्नु आवश्यक छ र यसो गर्दा कुनै पनि किसिमको बदनामीको अनुभूति नलिनुस् । बदनाम त उही हुन्छ जसले आप्mना कमजोरीहरूलाई लुकाउँछ, जो खराबीहरूसित लड्न चाहँदैन अर्थात् त्यही नै वास्तवमा बदनाम हुनुपर्ने हो.. (सिनहा : १९८० : १५४–१५५) ।
आन्दोलनप्रति इमानदार नरहेका तर आन्दोलनभित्र घुसेका स्वार्थी तत्त्वका कारणले नै आलोचनात्मक विवेकको विकास वा उपयोग हुन सक्तैन । जो समाजवाद र साम्यवादप्रति अगाध निष्ठावान् छ, समर्पित छ र जसले सर्वहारा वर्ग र आम उत्पीडित जनताको हितबाहेक आफ्नो व्यक्तिगत स्वार्थसित खास सरोकार राख्तैन उसले आलोचनात्मक ढङ्गले विषयलाई ग्रहण गर्न र आलोचना–आत्मालोचनाको परिपाटी अपनाउन अलिकति पनि हिचकिचाउँदैन । यसलाई बोल्सेभिक पार्टीले राम्ररी बुझेको थियो र त्यस्ता स्वार्थी तत्त्वहरूलाई पार्टीबाट निकाल्ने अभियान नै सञ्चालन गरेको थियो ।
उदाहरणका रूपमा लेनिनको यस भनाइलाई लिन सकिन्छ : ‘.. उपहारका रूपमा पनि हामीलाई मिथ्या पार्टी सदस्यहरूको आवश्यकता छैन । हाम्रो पार्टी, क्रान्तिकारी मजदुर वर्गको पार्टी नै संसारमा एउटा एक्लो त्यस्तो सरकारी पार्टी हो जसले आप्mनो सदस्यता बढाउने होइन, बरु तिनको गुणवत्ता बढाउने तथा ‘स्वार्थी मानिसहरू’लाई पार्टीबाट हटाउने विषयमा चासो राख्तछ । यी ‘स्वार्थीहरू’बाट मुक्त हुनका लागि र पार्टीभित्र जो केवल राजनीतिक रूपले समझदार छन् र भित्री मनदेखि नै कम्युनिज्ममा निष्ठा राख्छन् तिनै मानिसहरूलाई रहन दिनका लागि पार्टी सदस्यहरूको हामीले बारम्बार पञ्जीकरण गरेका छौं । यस अतिरिक्त, युद्धका लागि हुने लामबन्दीहरू र सुबोतनिकहरूको (स्वेच्छापूर्वक सामूहिक रूपले अतिरिक्त काम गर्नेहरूको) आन्दोलनको लाभ उठाएर पनि हामीले ती मानिसहरूलाई पार्टीबाट निकालेका छौं जसले खालि सरकारी पार्टीका सदस्यहरूलाई प्राप्त हुने लाभमा ‘अभिरुचि’ राख्ने गरेका छन् र जो कम्युनिज्मका लागि कठिन आत्मबलिदानी कामको भारी बोक्न डराउँछन्’ (सिनहा : १९८० : ८५–८६) ।
वास्तवमा व्यक्तिगत स्वामित्वको मनोवृत्तिबाट नै आप्mनो व्यक्ति स्वार्थलाई सबभन्दा माथि राख्ने यस खालका खराब प्रवृत्तिहरू विकसित हुने हुन् । दास मनोवृत्ति, चाप्लुसी, क्षुद्रता, निष्कृष्ट ईर्ष्या, क्रोध, प्रतिशोधको भावना, मिथ्या अहङ्कार, आडम्बर, दुराचारिता, धोखाधडी, अधकल्चोपन तथा नोकरसाही बानीबेहोराहरू पनि सम्पत्तिवादी मनोवृत्तिकै उपज हुन् । व्यक्तिवाद यसैमा मौलाउने हो । नेपालको प्रभुत्वशाली मानिने आजको कम्युनिस्ट आन्दोलनमा आलोचनात्मक विवेक र आलोचना र आत्मालोचनाको परिपाटी झन्डै छैन भन्दा पनि हुन्छ । यसका विपरीत नेताहरूको व्यक्तिपूजा गर्ने, नेता र सत्ताप्रति अन्धभक्ति राख्ने, पद, प्रतिष्ठा र पैसाप्रति अतिशय लोभ देखाउने प्रवृत्ति बनमारा झारभैंm मौलाएको छ । नेताहरू स्वयम् आफैंपनि कसरी धनकुवेर बन्ने होडमा लागेका देखिन्छन् । स्वाभाविक रूपले यस्ता मानिसहरूमा आलोचनात्मक प्रवृत्तिलाई नरुचाउने, त्यसप्रति विद्वेष राख्ने, आलोचना–आत्मालोचनाको परिपाटीबाट पलायन गर्ने प्रवृत्ति विकसित हुनु अनौठो कुरो होइन, जुन सर्वथा त्याज्य र घृणित समेत छ ।
व्यक्तिपूजा र सत्ताको अन्धभक्ति विरोधी कार्ल माक्र्सको जीवनका दुई घटना अत्यन्त मननीय र मर्मस्पर्शी छन् । अन्तर्राष्ट्रिय सङ्घ अस्तित्वमा रहेको बेला माक्र्सले गरेका सेवाहरूको प्रशंसा गर्दै थुप्रै देशबाट उनीसम्म थुप्रै सन्देश आएका थिए । ती अनगिन्ती सन्देशहरूलाई प्रकाशन गर्नु व्यक्तिपूजाको एउटा रूप ठानेर व्यक्तिपूजाका विरोधी मार्क्सले तिनलाई सार्वजनिक गर्ने अनुमति दिएनन् । यसरी नै उनी र एङ्गेल्स एउटा सर्त राखेर मात्र कम्युनिस्टहरूको पहिलो भूमिगत सङ्गठनमा आबद्ध भएका थिए । अनि त्यो सर्त थियो सङ्गठनका नियमहरूबाट सत्ताप्रति अन्धभक्तिको भावनालाई प्रश्रय मिल्न सक्ने हरेक कुरालाई निकालिनुपर्छ (सिनहा : १९८० : ३९) । हामीकहाँ यस्ता अद्भुत उदाहरण कहाँ पाउनु ?
उल्टो एफ.जर्जिन्स्कीले मानवजातिको आजको सबभन्दा ठुलो खराबी भन्ने गरेको पाखण्डकै बोलबाला सर्वत्र भेटिन्छ । उनको भनाइमा ..प्रेमको कुरो गर्नु, तर व्यवहारमा जीवनका लागि, तथाकथित ‘सुख’को प्राप्तिका लागि, पदोन्नति हासिल गर्नका लागि एक निर्मम सङ्घर्ष गर्नु..पाखण्ड हो (सिनहा : १९८० : १४१) । पद, प्रतिष्ठा र पदका लागि गलाकाट सङ्घर्ष यही नै त हो अहिलेका नेकपा (नेकपा) का नेता र कार्यकर्ताको मुख्य क्रियाकलाप । गहिरो विचारधारात्मक प्रतिबद्धता र इमानदारी भएका मानिसहरूले मात्र सामूहिकतावादी विचारहरू, भावनाहरू र व्यवहारलाई मूर्त रूपले आत्मसात् गर्न सक्छन् र त्यसो गर्न थालेको खण्डमा मात्र यस्ता व्यक्तिवादी कमी कमजोरीबाट मुक्ति सम्भव छ र आलोचनात्मक विवेकको उपयोग पनि सही तरिकाले गर्न सम्भव हुन्छ ।
माथि उल्लेखित यी दुई विषय अक्टोबर क्रान्तिको क्रममा मात्र निर्माण भएका विशिष्ट पक्ष भने होइनन्, हरेक माक्र्सवादी आन्दोलन र व्यक्तिले महत्त्वका साथ लिएका सार्वभौम विषय जस्तै हुन् ।
प्रतिक्रिया दिनुहोस्