राजन के.सी., मनोचिकित्सक –
बालबालिकाहरु सिक्न वा बौद्धिक रूपमा समान हुँदैनन्, तापनि अधिकांश बालबालिकाहरूले समान रूपमा सिक्ने क्षमता राख्दछन् । तर तीमध्ये थोरै बालबालिकाहरू असामान्यताभित्र पर्दछन् । यस्ता बालबालिकाहरूको सिकाइमा शिक्षक र अभिभावकहरूले विशेष ध्यान पु¥याउनु पर्दछ । उनीहरू अरू बालबालिकाहरू सरह सिक्ने क्षमता राख्दैनन् ।
यस्ता बालबालिकाहरू अन्य सामान्य बालबालिकाहरूको तुलनामा शारीरिक, मानसिक, बौद्धिक र सामाजिक व्यवहारको पक्षमा कमजोर देखिन्छन् । यस्ता कमजोरीको आधारमा निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ :
(क) शारीरिक अपाङ्ग (Physical handicapped)
(ख) मन्द बौद्धिकता (Mentally retarded)
(क) शारीरिक अपाङ्ग: सामान्य शारीरिक दुर्बलतादेखि गम्भीर प्रकारको अपाङ्गतालाई जनाउँदछ । जसको हात, खुट्टा, आँखा, कान, आदि अंगले सामान्य रूपमा कार्य गर्न सक्दैनन् । यस्तो प्रकारको शारीरिक अपाङ्गतालाई पनि निम्न अनुसार वर्गिकरण गरिन्छ ः
(१) विकलाङ्ग (cripple): विभिन्न कारणले हाड, जोर्नी एवं मांसपेशीको सन्तुलन कायम गर्न नसक्ने अवस्थामा बालबालिकाहरूलाई शारीरिक, र बौद्धिक क्षमता अभिवृद्धि गर्नका लागि शिक्षक–अभिभावकहरूले विशेष ध्यान पु¥याउनु पर्दछ, जसले विकलाङ्ग वा असक्षम भनिने बालबालिकाहरूले सरल र सामान्य जीवन बिताउन सक्ने सक्षम बनाउन सकिन्छ । जसको लागि शिक्षा नै उपयोगी माध्यम हो । उदाहरणको लागि ‘झमक घिमिरे’ लाई लिन सकिन्छ । उनी विकलाङ्ग भएर पनि साहित्यकारको रूपमा शिक्षाको माध्यमबाट समाजमा सामान्य व्यक्तिहरू सरह प्रतिष्ठित जीवन बिताउन सफल भएकी छिन् । यस्तो शारीरिक असन्तुलन जन्मजात, गम्भीर रोग वा दुर्घट्नाको कारणले हुन सक्छ । यस्ता बालबालिकाहरू शारीरिक क्षमतामा कमी भए पनि बौद्धिक रूपमा सक्षम हुन्छन् । उनीहरूको यस्तो विशेष क्षमतालाई बुझेर भविष्यमा उपयुक्त शिक्षा प्रदान गरी सामान्य व्यक्ति सरह प्रतिष्ठित जीवन बिताउन सक्ने बनाउने जिम्मा शिक्षक–अभिभावकको हो । विकलाङ्ग बालबालिकाहरू शारीरिक रूपले दुर्बल भए पनि मानसिक एवं बौद्धिक क्षेत्रमा प्राय उल्लेखनीय रूपमा सबल हुन्छन् । त्यसैले उनीहरूलाई शैक्षिक गतिविधिमा लाग्न प्रोत्साहित गर्नु पर्दछ । राम्रो शिक्षा पाउन सकेका विकलाङ्ग मानिसले आफ्नो हीन भावनालाई नियन्त्रण गर्न र समाजमा सफल समायोजन गर्न सक्दछन् । उपयुक्त शिक्षा र रोजगारी प्राप्त व्यक्तिहरू समाजको बोझ बन्नुको सट्टा सहयोगी बन्न सक्दछन । उनीहरूलाई बौद्धिक रूपमा सक्षम बनाउन शिक्षक अभिभावकले विशेष ध्यान पु¥याउनु पर्दछ ः
(२) अन्धोपन(blindness):
कुनै पनि बालबालिकाहरू पूर्णरूपमा वा आंशिक रूपमा कमजोर दृष्टि भएको पहिचान गरी उनीहरूलाई अगाडि राखेर पढाउने व्यवस्था गर्नु पर्दछ ।
(३) श्रवण दुर्बलता वा बहिरोपन (Deaf) :
आंशिक वा पूर्ण रूपमा श्रवण शक्ति गुमाएका बालबालिकाहरूको पहिचान गरी उपयुक्त उपचार वा सिकाइमा विशेष ध्यान पु¥याउनु पर्दछ । जन्मदा नै कान नसुन्ने बालबालिकाहरू बोल्न नजान्ने हुन्छन् । तर सुस्त श्रवण भएका व्यक्तिहरू पहिचान गरी उपचार गरिएमा सुन्न सक्ने हुन्छन् । पूर्णरूपमा सुन्न नसक्ने बालबालिकाहरूको लागि शिक्षा दिँदा निम्न अनुसार विशेष ध्यान पु¥याउनु पर्दछ ः
४) वाणीदोष (Defective Speech):
केही बालबालिकाहरूमा बोल्दा भकभकाउने, धोत्रो स्वर निकाल्ने, तोते बोली बोल्ने, बालबालिकामा यस्ता दोष शारीरिक कारणले हुने भए तापनि मनोवैज्ञानिक उपायद्वारा केही हदसम्म सुधार गर्न सकिन्छ । यस्तो दोषको सुधार गर्नको लागि विशेष उपचार (Speech Theraty) द्वारा सुधार गर्न सकिन्छ । तोते बोली र भकभकाउने बोलीको नक्कल गर्नु हुँदैन ।
वाणी दोष देखिएका बालबालिकाहरूलाई शिक्षा दिने क्रममा निम्न कुरामा ध्यान दिनु पर्दछ ।
ख) मन्द बौद्धिकता (Mental Retarded):
बालबालिकाहरू गर्भावस्थामा विकास हुनु पर्ने जति दिमागको विकास हुन नसकि सिकाइ क्षमतामा नकारात्मक असर पर्दछ । यस्ता बालबालिकाहरूको समग्र विकास हिड्ने, बोल्ने लगायत सिक्ने कार्यहरू अरू सामान्य बालबालिकाहरू भन्दा ढिला हुन जान्छ । मन्द बौद्धिकता भएका बालबालिकाहरूको बौद्धिक क्षमता (I.Q.) ७० भन्दा कम हुन्छ । यस्ता बालबालिकाहरूलाई चार प्रकारले वर्गीकरण गर्न सकिन्छ:
(१) Mild Mental Retardation : यस प्रकारका बालबालिकाहरूको बौद्धिक क्षमता (I.Q.) ५०–७० हुन्छ । यस्ता बालबालिकाहरू ५ वर्ष मुनिको अवस्थामा अरू बालबालिका सरह नै सामान्य रूपमा विकास गर्दछन् र विस्तारै सिकाइमा ढिला देखिन थाल्दछन् । यस्ता बालबालिकाहरूले कक्षा ६ सम्म सामान्यतया मुस्किलले पास गर्दछन् र त्यसपछि पढाइमा विकास गर्न नसकेर विद्यालय छोड्ने हुन्छन् । यस्ता बालबालिकालाई व्यावसायिक तालिम दिन सकिन्छ । जसले गर्दा उनीहरू आत्मनिर्भर गर्न सक्दछन् । पढाइमा शिक्षक अभिभावकले जति प्रयास गरे पनि प्रगति गर्न सक्दैनन् ।
(२) Moderate Mental Retardation: यस्ता बालबालिकाको बौद्धिक क्षमता (I.Q.) ३५–५० हुन्छ । यस्ता बालबालिका पढाइमा २–३ कक्षा भन्दा माथि जान सक्दैनन् र उनीहरूलाई सामान्य रूपमा आफूलाई कसरी हेर विचार गर्ने अरू व्यक्तिहरूसँग कसरी व्यवहार गर्ने भनेर सिकाउन सकिन्छ र सामान्य व्यावसायिक तालिम दिन सकिन्छ ।
३) Severe Mental Retardation: यस्ता बालबालिकाहरूको शारीरिक र मानसिक विकास सञ्चारको विकास अरू भन्दा ढिला भएको हुन्छ । यस्ता बालबालिकाहरूलाई कसरी बोल्ने, लुगा लगाउने, खाने, आफनो सरसफाई गर्र्ने जस्ता सामाजिक व्यवहार सिकाउन आवश्यक हुन्छन् । उनीहरूलाई पढाउन र अन्य कार्य सिकाउन ज्यादै कठिन हुन्छ । प्रायः जसो उनीहरू घर–परिवारका अन्य व्यक्तिमाथि आश्रित हुन्छन् । यस्ता बालबालिकाको बौद्धिक क्षमता (I.Q.) २०–३५ हुन्छ ।
(४) Profound mental retardation: यस्ता बालबालिकाको बौद्धिक क्षमता (I.Q.) २० भन्दा कम हुन्छ । उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकास एकदम ढिलो गतिमा हुन्छ । उनीहरूलाई हरेक कार्यका लागि खान, लगाउन, सर–सफाई सम्पूर्ण कार्यका लागि व्यक्तिहरूको सहयोग चाहिन्छ ।
यस्ता बालबालिकाहरूको शिक्षणमा विशेष ध्यान पु¥याउनु पर्दछ ।
यसरी असामान्य बालबालिका पहिचान गरी बालबालिकाहरूको क्षमता अनुुसारको शिक्षा दिइनु पर्दछ र उनीहरूका अभिभावकहरूलाई समेत शिक्षकहरूले उपयुक्त व्यवहार गर्न सामाजिक सिपहरू सिकाउन प्रेरित गर्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्