२०८२ असार २
                           

सिन्धुचेलीले जितीन् सागमा स्वर्ण

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिका ५, जेठलकी काजल श्रेष्ठले आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण पदक जितेकी छिन् ।

४६ केजी तौल समुहको तेक्वान्दोको फाइटमा भारतीय खेलाडीलाई १०–५० को फराकीलो अन्तरमा हराउदै काजलले स्वर्ण जितेकी हुन् ।

उनले यस अघी सेमीफाइनलमा श्रीलङ्का र क्वाटर फाइनलमा भुटानका खेलाडीलाई पराजीत गर्दै फाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।

उनले जितेको पदक तेक्वान्दो तर्फको आठौं पदक हो ।

कोटेश्वर तेक्वान्दो डोजाङमा प्रशिक्षण लिएकी काजल हाल नेपाली सेनामा कार्यरत छिन् ।

काजल नेपाली सेनाकै क्लबबाट प्रतियोगीतामा सहभागी भई स्वर्ण पदक जितेकी सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष एवं तेक्वान्दो प्रशिक्षक प्रेम भण्डारीले जुगलखबरलाई जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्