२०८१ श्रावण १२
                           

अरु विकास सँगसँगै संस्कृतीको पनि विकास हुनुपर्छ – मन्त्री दुलाल

चौतारा- प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले भौतिक पुर्वाधारको विकासले मात्रै विकासको सहि परिभाषा नपुग्ने भन्दै संस्कृतिको विकास पनि संगैसंगै हुनुपर्ने बताएका छन् ।

शनिबार चौताराको श्री कृष्ण रत्नगंगा माध्यामीक विद्यालयमा आयोजित धिमे तथा बाँसुरी बाजाको प्रशिक्षार्थीहरुको दिक्षान्त समारोहमा मन्त्री दुलालले यस्तो धारणा राखेका हुन् । वि.सं. १९६२ सालदेखी सञ्चालनमा ल्याएर निरन्तर प्रस्तुत गरीदै आएको जलविरे महाकाली नाचको मुक्तकण्ठले प्रशंशा गर्दै मन्त्री दुलालले यस्ता कला संस्कृतिले मानिसलाई एकै शुत्रमा बाँधेर राख्न सक्ने बताए ।

‘हामीेले यस्ता मौलिक सम्पदाहरुको संरक्षण गर्दै जानु पर्दछ’ मन्त्री दुलालले भने– ‘अहिलेको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि सबै जातजातिको संस्कृति र परपम्पराको सम्मान गर्दछ ।’ प्रदेश सरकार यस्ता संस्कृतिको संरक्षण गर्न सदैव तयार रहेको भन्दै मन्त्री दुलालले गलत सन्देश दिने र समाजमा असर पु¥याउने खालका परम्परा भने विस्तारै हटाउदै जानुपर्ने बताए ।
कमर्यक्रममा धिमे तथा बाँसुरी बाजामा दिक्षित हुने ७० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा विभिन्न नेवारी संस्कृति झल्कने झाँकी, महाकाली नाच लगायतको प्रस्तुती प्रस्तुत गरिएको थियो । दिक्षान्त समारोहमा गायक सागर सरगमले नेवारी गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जलबिरे, भक्तपूर, तौथलीलगायतका स्थानबाट मौलिक संस्कृतिसहित उपस्थित रहेको सिन्धु नेवाः खलका अध्यक्ष माधवलाल कर्मचार्यले जानकारी दिए । कमलचरण कक्षपतिको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकमारी गोमादेवी चेमजोङ, जिल्ला प्रहरी प्रमुख प्रज्वल महर्जन, पूर्व सांसदे कृष्णराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्कृतिको जर्गेना गर्नुपर्ने बक्ताहरुले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्