भारत पाकिस्तानबीच युद्ध भएमा साढे १२ करोड मानिस मारिने एक अमेरिकी अध्ययनले देखाएको छ । दुई देशबीच सम्बन्ध तिक्त भइरहेको अवस्थामा अमेरिकाको एक अध्ययन संस्थानले युद्धको प्रभावबारेमा रिपोर्ट सार्वजनिक गरेको हो ।
अध्ययनका अनुसार यी दुई परमाणु शक्ति राष्ट्रबीच युद्ध भएमा विश्वको कुनै पनि देश यसको प्रभावबाट बच्न सक्ने छैन । उक्त अध्ययनको दाबीअनुसार युद्धको प्रभाव जलवायुमा व्यापक मात्रामा पर्नेछ । युद्धले जलवायु परिपवर्तनमा आपतको स्थिति ल्याउनेछ ।
अध्ययनको सहलेखक रुटगर्स विश्वविद्यालयका के ऐलन रोबोकका अनुसार दुवै देशबीच युद्ध भएमा साढे १२ करोड मानिस मर्ने बताएको बीबीसीले लेखेको छ। उनले भने, ’यस्तो युद्धमा ती देश र क्षेत्रमा मात्र प्रभाव पर्ने छैन जहाँ परमाणु बम खसालिएका छन् । त्यसको प्रभाव पुरै विश्वमा पर्नेछ ।’
साइन्स एडभान्टेज जर्नलमा प्रकाशित अध्ययनमा सम्भावित भारत(पाकिस्तन युद्धको प्रभावबारेमा लेखिएको छ । जसमा भनिएको छ कि सन् २०२५ मा भारत र पाकिस्ताबीच परमाणु युद्ध हुनेछ । यी दुई देशबीच पछिल्लो समय कश्मीर मामिलालाई लिएर सम्बन्ध तिक्त भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्