चौतारा- नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले नेपालका कम्युनिष्टहरु सि जिन पिङको बाटोमा लागे भने नेकपा आफै सकिनुका साथै देश नै धरापमा पर्ने बताएका छन् । सिन्धुपाल्चोकको चौतारामा आयोजित एक कार्याक्रममा कोइरालाले सो कुरा बताएका हुन् ।
‘नेपाल एकदमै सामरीक महत्व भएको देश हो,’ कोइरालाले भने- ‘नेपालको एकातिर चिन, एकातिर भारत र सात समुन्द्रपारी अमेरीका भएको कुरा नबुझी यो विचारधारा लागु गरीयो भने यसले नेपालमा ठुलो दुर्घटना ल्याउन सक्छ ।’ कुरा सम्झन र बुझनको लागि जसको कुरा सुन्न पनि हुने भएपनि लागु गर्दा भने एकदमै विचार गर्नुपर्ने कोइरालाले बताए ।
कोइरालाले विधि र विधानमा हिड्यो भने काँग्रेसलाई ठुलो पार्टी बन्नबाट कसैले छेक्न नसक्ने बताए । विपि कोइरालाको विचार र सिद्धान्तलाई सबै दलले समर्थन गर्न थालेको भन्दै कोइरालाले देशका लागि सबैको सोच र विचार एउटै भएमा मात्र राष्ट्रियता बलियो हुने बताए । सरकालले गुठी लगाएतका राष्ट्रघाती विधेयकहरु धमाधम फिर्ता गर्नु परेका भन्दै मिडिया काउन्सील विधेयक जस्ताको तस्तै पास भएमा वाक स्वतन्त्रता हनन् हुने, मानव अधिकार विधेयक पास भएमा मानव अधिकार नै संकटमा पर्ने र राष्ट्रिय सुरक्षा विधेयक जस्ताको तस्तै पास भएमा मुलुक नै अधिनायकवाद तर्फ उन्मुख हुन् धारण राखे ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका अर्का केन्द्रिय सदस्य प्रदिप पौडेलले यो सरकार भ्रष्टाचारलाई ढाकछोप गर्न तर्फ लागेको बताए । ‘एनसेललाई फोरजी विस्तार गर्न छ अबर भए पुग्ने तर नेपाल टेलीकमलाई भने १८ अरब चाहीने रु’ पौडेलले भने–‘यो सरासर भ्रष्टाचार हो र यसको संरक्षण नेपाल सरकारले नै गरीरहेको छ ।’ उनले नेपालका कम्युनिष्ठहरु नेपालमा पुँजीबाद आइसकेको की आउदैछ भन्ने विषयमा नै अन्यौलमा रहेका बताए ।
नेता पौडेलले नेपालको सबैभन्दा जेठो र नेपालको सबैभन्दा पहिलो क्रान्ती गर्ने पार्टी नै नेपाली काँग्रेस भएको् नजीर पेश गर्दै नेपालमा संविधान ल्याउने पार्टी समेत नेपाली काँग्रेस भएको ठोकुवा गरे । उनले संविधान संसोधन आवश्यकता नहरेको भन्दै नेपालमा संविधान नभइ सरकार नै फेर्नुपर्ने आवश्यकता रहेको भन्दै काँग्रेस पनि अब उत्तर वा दक्षीणको विचार बोक्ने एजेण्ट नबनीकन नेपालकै मौलीक एजेण्डा बोकेर जनताको माझमा जानुपर्ने आवश्यकता रहेको औंल्याए ।
नेपाल प्रजातन्त्र सेनानी संघले चौतारामा आयोजना गरेको सो चियापान तथा अधिवेसन कार्याक्रममा नेताहरुले सरकारले भ्रष्टाचार र मंहगी नियन्त्रण गर्न कुनै भुमीका नखेलेको आरोप लगाए । कार्यक्रममा प्रजातन्त्र स्थापनाका लागि योगदान पु¥याउने प्रजातन्त्र सेनानीहरुलाई सम्मान समेत गरेको थियो । कमलचरण कक्षपतीले सञ्चालन गरेको उक्त कार्याक्रमको अध्यक्षता सेनानी संघका जिल्ला अध्यक्ष राजेन्द्रमान ताल्चाभँडेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्