काठमाडौँ, ८ असोज । कृषि विकास बैंकको सिस्टम ह्याक ह्याकरले २ करोड रुपैयाँ मात्रै लुटिएको बताएको छ । बैकको सिस्टम ह्याक गरेर ह्याकलेर दुई करोड रुपैयाँ मात्र चोरेको हो ।
दुई करोड रुपैयाँ बराबरको रकम लुटिएको बैंकका सूचना अधिकारी हिमलाल पौड्यालले जानकारी दिए । अत्यौलका बिचमा अहिलेसम्मको अनुसन्धानबाट २ करोड बराबरमात्रै लुटिएको देखिएको बताए ।
बैंकका अनुसार मंगलबार दिउँसो बैंकको लहानस्थित शाखा कार्यलयबाट सो रकम लुटिएको हो । बैंकको रकम ट्रान्सफरमात्रै भएको र त्यो पनि फिर्ता लिइसकेको बताउँदै उनले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए ।
यता नेपाल राष्ट्र बैंकले पनि कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम चोरिएको बारे अनुसन्धान भैरहेको बताए । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले अहिले अनुसन्धानमै रहेको भन्दै सबैलाई संयमित हुन आग्रह गरे ।
प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरिसकेको छ । कृषि विकास बैंकको विभिन्न शाखामार्फत ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले बतायो ।
यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । यसै विषयमा जानकारी दिन प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलन गदैछ ।
प्रतिक्रिया दिनुहोस्