२०८२ असार २
                           

भुटानसँग हार्‍यो नेपाली अन्डर १८ टिम

साफ यु-१८ च्याम्पियनसिपमा नेपाल आफ्नो दोस्रो खेलमा भुटानसँग पराजित भएको छ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आइतबार भएको खेलमा नेपालमाथि भुटानले ३–० जित निकालेको हो।

हारसँगै यसअघिका दुई संस्करणको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिने खतरा बढेको छ।

आइतबार नेपालविरुद्ध भुटानका योन्सोले ४० मिनेट, केल्जाङले ८६ मिनेट र कर्मा सोनामले ९० मिनेटमा गोल गरे।

यसअघि समूह ‘ए’ मा रहेको नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो।

नेपालको समूह चरणको खेल सकिदा १ अंक छ। अन्तिम खेल खेल्न बाँकी भुटानको ३ र माल्दिभ्सको १ अंक छ।

अबको मंगलबार हुने माल्दिभ्स र भुटानबीचको खेलपछि सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।

सो खेलमा माल्दिभ्सले भुटानलाई ४ गोल गोल हाने नेपाल र माल्दिभ्स अन्तिम चारमा पुग्नेछन्। भुटानले माल्दिभ्समाथि ४ गोलको जित हात पारे पनि नेपालको सम्भावना हुनेछ। बराबरीमा खेल सकिए नेपाल बाहिरिनेछ।

समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश छन्। समूहको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्