पुर्व मन्त्री दुलाल बाढि प्रभावित क्षेत्रमा अहोरात्र खट्दै

चौतारा:बागमति प्रदेश सांसद तथा पुर्व सामजिक विकासमन्त्रि युवाराज दुलाल “शरद “बाढि प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुमा निरन्तर खटिरहनु भएको छ ।

लार्के, याङरी र मेलम्चीमा उर्लिएर ठुलो बाढि आएपछि सिन्धुपाल्चोक जिल्लाको मेलम्चि नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाभित्रका केहि घरहरु बगाएका छन् । केहि बस्तिहरु जोखिममा छन् । केहि विस्थापित भएका छन् । बाढिमा हालसम्म तिन जनाको शब फेला परेको र अझै कति बेपत्ता छन् ।

प्राकृतिक विपदले सिर्जना गरेको यो कठिन भयभह परिस्थितिमा बागमति प्रदेश सांसद तथा पुर्व सामजिक विकासमन्त्रि युवाराज दुलाल “शरद ” निरन्तर खटिरहनु भएको छ ।

बाढि पिडिका लागि तत्काल उद्धार तथा राहतका लागि पहल गर्दै मेलम्चिदेखि हेलम्बुका लेकाली बस्ति र पाँचपोखरी थाङपालको याङरी गाउँसम्म पुग्नुभएको छ ।

सडक सन्जाल ,बाटो ,पुल बाढिले बगाएपछि पैदल हिडेर सबै प्रभावित वस्ति टोलसम्म पुग्नुभएको छ । बाढिले त्रसित र विचल्ली भएका पिडितलाइ सान्त्वना दिने र उनिहरुले राहत पाएका छन् वा छैनन् । सो स्थानमा र नागरिकका आवश्यकता निरिक्षण गरिएको उहाँले बताउनुभयो ।

बाढि प्रभावितको आवश्यकतालाई पहिचान गर्दै परिपुर्तिका लागि सम्बन्धित निकायमा पहल गरिरहेको दुलालले भन्नुभयो । यसैक्रममा सनिबार याङरी गाउँमा पुग्नुभएका सांसद दुलालले त्यहाँ बाटो , सन्चार सबै विछेद भएकाले राहत पुर्याउन समस्या भएको बताउनुभयो । घरबार बगाएका , जोखिममा परेका पिडितलाई नेपालि सेनाका हेलिकप्टर मार्फत याङरीका ६५ विस्थापित घरपरिवारलाई अस्थाइ बासका लागि टेन्ट पुर्याएको हो ।

साथै खाद्यन्न सामग्री हेलिकप्टर मार्फतनै ओसारेको थियो । बाढिले क्षतिग्रस्त भएको स्थानमा आश्यकता पहिचान गरि थप पहल गर्दै जनतालाई दुख परेको बेला उनिहरुको साथमा रहेर काम गर्दै जाने सांसद दुलालले बताउनुभयो ।