२०८१ बैशाख १३

निर्वतमान सभापति लामाको निधन

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता एवम् निर्वतमान सभापति विकास लामाको निधन भएको छ ।
विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा गए राति बीर अस्पताल, काठमाण्डौंमा निधन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंगबहादुर लामाले जानकारी दिनुभयो ।

विद्यार्थीकालदेखि नेपाली काँग्रेससँग आवद्ध रही राजनीति गर्नु भएका ६४ वर्षिय लामा नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा निर्वाचित हुनु भएको थियो । लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शनिबार दिनभरि काठमाण्डौं बौद्धस्थित तीनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र भोलि आइतबार मात्र लामा संस्कार अनुसार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्