कोभिड संकट र समाज

रमेश सापकोटारमेश सापकोटा-

समाज गतिशील हुन्छ र अन्तरविरोधी पनि हुन्छ । जुन समाजको स्वाभाविक बिशेषता पनि हो।   समाजको गतिशीलता र अन्तरविरोधबाट पैदा हुने संकटहरूको समाधान समाजले होस्, मान्छेले होस् वा राष्ट्र र विश्वले निश्चित मापदण्डका आधारमा सोच्ने, बुझ्ने, बदल्ने र लागू गर्ने मनोविज्ञान निर्माण गर्न आवश्यक हुन पुग्दछ  । ‘संकटको समाधान यसरी नै हुन्छ, यसरी नै गरिनुपर्छ’ भन्ने यान्त्रिक र स्पष्टता समाजमा हुँदैन । तर, समाजको बनोट, समाजको विकासक्रम, मानिसको चेतनाका आधारमा संकट र महासंकटहरूलाई चिर्दै समाजको रक्षा, विकासर समुन्नती  गर्न भने अवस्य  सकिन्छ । त्यसको निम्ति केही समाजबादी  आधारको खोज गर्नुपर्छ ।

एक अदृष्य शत्रुको सामना गर्नका लागि हाल सारा संसार एकवद्ध भएको अबस्थामा हामि सबै जानकार नै छौ । कोभिड-१९ बाट जोगिन तथा यसको उपचार गर्नमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइरहँदा यो महामारी उप्रान्तपनि यसले उब्जाउन सक्ने अदृष्य प्रभावहरूका बारेमा भने हामी प्रत्यक्ष जानकार छैनौं।जसले हाम्रो भबिस्य अन्योल प्राय छ ।  यो अवस्थामा परिवर्तन आउनै पर्दछ।अतः आत्मसंयम, धैर्य र त्यो धैर्यभित्र गति पैदा गर्ने संकटको औषधि हो ।जसले धैर्य र आत्मसंयम गुमाउँछ, ऊ आफैँ खतरामा पर्छ।

बालबालिका र युवा कोभिड-१९ बाट संक्रमित मात्र भइरहेका छैनन् उनीहरू यस महामारीबाट अत्यन्त प्रभावित समुह मध्येमा पर्दछन्। यो महामारीले बालबालिकामा पार्ने प्रभावको सम्बोधन गर्न हामी तत्कालै अग्रसर भएनौं भने यसले हाम्रो साझा भविष्यमा स्थायी क्षति पुर्‍याउने निश्चित छ। जसले पार्ने असर र अन्योलताको अहिले नै बिस्लेषण गर्ने आकडा तयार भएको छैन ।

“कोभिड-१९ को सामाजिक र आर्थिक असर संसारका सबैभन्दा जोखिममा रहेका बालबालिकामा पर्दछ । ती मध्ये अधिकांश पहिले नै गरिबीमा बाँचिरहेका थिए भने कोभिड-१९ को नियन्त्रणका लागि अवलम्बन गरिएका कदमहरूले उनीहरूलाई झनै कठिनाईमा पार्ने जोखिम बढ्दो छ । करोडौं अभिभावकहरूले आफ्नो दैनिकी र जिविकोपार्जनलाई निरन्तरता दिन संघर्षरत रहँदा सरकारले पनि सुरक्षा सञ्जाल सुविधा दिएर, नगद हस्तान्तरण गरेर, रोजगारको सुरक्षा गरेर, रोजगारदातासँग सल्लाह गरेर कामकाजी अभिभावकलाई सुविधा दिनुका साथै  परिवारको स्वास्थ्य, पोषण तथा शिक्षालाई प्राथमिकता दिने जस्ता सामाजिक सुरक्षाका प्रावधानहरूलाई विस्तार गर्नुपर्दछ। जसले समाज केहि सुस्त रुपमा भएपनि क्रियाशील रहन सक्दछ । मान्द गतिमा समाज चलाएमान हुदै आफ्नै लय तर्फ अग्रसर हुदै जान्छ ।

विद्यालय बन्द रहँदा, सामाजिक सेवामा अवरोध आउँदा र आवतजावतमा प्रतिबन्ध लागेका अवस्थामा बालबालिकामाथि शोषण, हिंसा तथा दुर्व्यवहारको जोखिम उच्च रहने तथ्य हामीले विगतका स्वास्थ्य सम्बन्धी आपतकालीन परिस्थितिबाट सिकेका छौं। उदाहरणको लागि सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा ईबोलाको प्रकोपका बेला बाल श्रम, वेवास्था, यौन दुर्व्यवहार तथा किशारीहरूको गर्भवती हुने जस्ता घटनामा वृद्धि भएको थियो। बालबालिकाले सबैभन्दा बढि भोग्नुपर्ने हिंसाका घटना घरमै घटेका थिए। अधिकांश मुलुकहरूमा प्रत्येक ३ बालबालिका मध्ये २ भन्दा बढिले हेरचाहकर्ताहरूबाटै हिंसात्मक अनुशासन भोगेका थिए। त्यस्ता बालबालिका घरबाट बाहिर निस्किन नपाउँदा तथा विद्यालय, साथीहरू वा संरक्षणका सेवाबाट बञ्चित रहँदा कस्तो परिणाम आउला? यसै गरि लाखौं बालबालिकाले बाहिरी संसारसँगको सम्पर्क माध्यमका रूपमा सुचना प्रविधिको प्रयोग गर्दा उनीहरूलाई ईन्टरनेटका सम्भावित जोखिम र नकारात्मक परिणामबाट कसरी जोगाउन सकिएला? महिलामाथि हुने हिंसा र दुर्व्यवहार जस्तै बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारको रोकथाम गर्नकालागि सामाजिक अभियान अपरिहार्य भएको छ।

महासंकटहरूबीच समाधानको उपाय खोजिरहँदा र त्यसको समाजबादी  आधार खोजिरहँदा भविष्यप्रतिको आशा, विश्वास र भविष्यचेत हुनैपर्छ । वर्तमान इतिहासको पहाड चढेर भविष्यको शिखरमा पुग्न चाहन्छ । त्यसका लागि व्यक्ति, समाज, राष्ट्रले भविष्यचेतको आकलन गर्नुपर्ने हुन्छ । त्यो आकलनले मात्र संकटबाट समाधान निकाल्न सक्छ । संकट समाधानका लागि इतिहासबोध हुनैपर्छ । किनकि मान्छे, समाज, राष्ट्र त्यो इतिहासको कडी हो, जुन बाटोबाट ऊ गुज्रँदै–गुज्रँदै वर्तमानसम्म आइपुगेको छ । हामी जे छौँ, त्यो इतिहासका उत्पादनका चरित्र हौँ । आजको संकटको समाधानका लागि, विकासका लागि, निकासका लागि, रूपान्तरणका लागि इतिहासको त्यो तत्व पनि हुनु आवश्यक छ ।

कोभिड संकट ले आज हामि नराम्रो सग थला परेका छौ । जसले हाम्रो समाज संचालनको हरेक नियममा ब्रेक गरिदिएको छ । जिबनलाइ अझ पिडा र त्रासको भुमरीमा धकेलिदिएको छ । फल स्वरूप समाजको सबै संरचना,मा प्रभाव परेको छ । यसको  सामनाको साक्षी बस्नु हामि सबै नागरिकको साझा दायित्व हो । हामी सबै स्वअनुशाशित भएर यो संकट लाइ सामना गर्न तर्फ हुनु नै आजको सामुहिक आवस्यकता हो । अस्तित्व सग जुधिरहेको समाजलाई सबैले जगेर्ना गरौ ।