कोराना कहरले पनि रोकेन जुगलकाे विकास निर्माण कार्यलाई

बराम्ची:जुगल गाउँपालिका वडा नं  २ र वडा न ५ मा  सडक कालोपत्र गर्न थालिएको छ। जुगल  २ खुन्दुर्का गोल्चे सडक वडा नं ५ ढाडे राम्चे बराम्ची जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको हो।

हाल कालोपत्र हुन लागेको खुन्दुर्का गोल्चे सडक सडक कालोपत्र  ,नाला जम्मा-600 मि सडक रू(85,53,068.06) ८५ लाख ५३ हजार ६८रुपैयाँ ६ पैसा RP कन्स्ट्रक्सनले जुगल गाउँपालिकासंग सम्झौता गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले बताए ।

जुगल गाउँपालिका वडा नं ५ ढाडे राम्चे  बराम्ची मोटर बाटो  कालोपत्र  ,नाला जम्मा-600 मि रू (8353173.48)८३लाख ५३ हजार १ सय ७१ रुपैयाँ ४८ पैसा K L  कन्स्ट्रक्सनले जुगल गाउँपालिकासंग सम्झौता गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।

उक्त सडकमा ग्याविन भर्ने, नाला ,सडक चौडा गर्ने, ग्राभेल तथा सवबेसको काम सकिएकोले  कालोपत्रको काम थाल्न सुरु भएको छ।

कोरोना संक्रमणले सिन्धुपाल्चोकका बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तीय संस्था र निजी क्षेत्र पूर्ण रूपमा बन्द भएको बेला विकास निर्माण भने नियमित भइरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गर्ने अनुमति दिएपछि विकास योजना नियमित चलेको पालिका इन्जिनियर सुरेश पौडेलले बताए ।

गाउँका सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी खुसी भएका छन्।