सिन्धुपाल्चोकमा जेठ १४ गतेसम्म थप गरियो निषेधाज्ञा

चौतारा:कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले वैशाख २२ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १४ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ ।

जिल्ला प्रशासन कार्यलयले कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएकोले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जेठ १४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुुभएको छ ।

अझै संक्रमणको अवस्था नियन्त्रणमा आइनसकेको हुँदा जेठ १४ गतेसम्मका लागि जारी निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

अहिले सक्रिय सङक्रमित ५७१ बढी रहेको कारण संक्रमण समुदाय स्तरमा थप फैलन नदिनाको लागी जेठ १४ गते राती १२ बजेसम्मका लागि जारी निषेधाज्ञाका शर्तहरु पुर्ण रुपमा पालना गर्ने गरी आदेश जारी गरेको छ । निषेधाज्ञा उलंघन गरेर हिँड्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्न निर्देशन दिएको छ ।