जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको भवनमा पनि ऑक्सीजन सहितको आईसोलेशन

जिल्ला प्रहरी कार्यालयमा, सिन्धुपाल्चोकको भवनमा पनि ऑक्सीजन सहितको आईसोलेशन

चौतारा/ जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको भवनमा ऑक्सीजन सहितको आईसोलेशन निर्माण भएको छ।

हाल विश्वव्यापी रुपमा फैलीरहेको कोभिड-१९ को नयाँ भेरिएन्ट दोस्रो लहरको महामारीको प्रभाव सिन्धुपाल्चोक जिल्लामा समेत फैलिरहेको  र उक्त रोगको प्रभावलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकमा भवनमा ऑक्सीजन सहितको आईसोलेशन निर्माण गरेको छ।

जिल्ला प्रहरी कार्यालयको १२ बेडको आइसोलेशन बेड जस्मा पुरुषको लागि ८ र महिलाको लागि ४ बेड राखिएको छ । साथै ३० बेडको क्वारेन्टाइनमा पुरुषको लागि-२० बेड र महिलाको लागि-१० बेडको तयार गरिएको छ।

त्यसै गरी उक्त क्वारेन्टाइन र आईसोलेशनलाई भनी २ वटा ऑक्सीजन सिलिन्डर, २ वटा ऑक्सीजन वल्वे रेटोमिटर, २ वटा ऑक्सीजन माक्स, थर्मल गन १५ वटा, पिपीई सेट ४४ वटा, इलेक्ट्रिक जग २ वटा, हातको पन्जा ५०० जोर, फेस सिल्ड ५० वटा, माक्स १०० वटा र ह्यान्ड स्यानीटाइजर १५ लिटर राखिएको छ।

साथै जिल्ला अस्पताल, चौताराबाट समन्वय गरी उपचारको ब्यबस्था गरिने पनि भएको छ।